राज याक्खा,
१८ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ को चौथो दिन क्वाटर फाइनलको अन्तिम खेलमा दुई राष्ट्रिय खेलाडी—नवयुग श्रेष्ठ र देबेन्द्र तामाङ—को उपस्थिति खेलको मुख्य आकर्षण बनेको थियो। खेलको ४औं मिनटमै आशिष लावतीले गोल गर्दै भाङबारीलाई अग्रता दिलाए भने १०औँ मिनेटमा निश्चल बस्नेतले दोस्रो गोल थपे। त्यसपछि ३०औँ मिनेटमा विवेक पौडेलको सशक्त प्रहारले टोलीलाई ३–० को मजबुत स्थितिमा पुर्यायो।

यता, ३९औँ मिनेटमा नामसाङ लिम्बुले युथ अफ माङ्सेबुङका लागि खेलको पहिलो गोल गर्दै आशा जगाए। तर ४५औँ मिनेटमा नवयुग श्रेष्ठले भाङबारीका लागि चौथो गोल गर्दै खेललाई पुनः आफ्नो पक्षमा बलियो बनाए।
दोस्रो हाफमा माङ्सेबुङले उत्कृष्ट पुनरागमन प्रयास गर्यो। ७०औँ मिनेटमा गोली लिम्बुले र ७३औँ मिनेटमा विवेकहाङ लिम्बुले गोल गर्दै खेललाई रोमाञ्चक बनाए। तर समय अभावका कारण उनीहरू खेल बराबरीमा ल्याउन असफल भए।

आजको खेलमा दमक भाङबारीका विवेक पौडेल ‘म्यान अफ द म्याच’ घोषित भए। क्वाटर फाइनल चरणको समापनसँगै अब सेमिफाइनलको पहिलो भिडन्त यही मङ्सिर १३ गते दुधे स्पोर्टिङ क्लब र सिरीजङ्गा स्पोर्टिङ क्लबबीच हुनेछ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण एमएमसी क्लब ताप्लेजुङ, कोशी स्पोर्ट्स टिभी तथा विभिन्न किरात मिडिया मार्फत निरन्तर हुँदै आएको छ।







