साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात  भएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा कन्डमको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागका तथ्याङ्क अनुसार यस अवधिमा कुल ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ।

आयातमा मंसिर महिनामा सबैभन्दा वृद्धि देखिएको छ। मंसिरमा मात्रै १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरको १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएको तथ्याङ्कमा उल्लेख छ। कात्तिक महिनामा ७१ लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ६५ हजार ९८४ पीस कन्डम आयात भएको थियो भने असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँ बराबरको ११ लाख ६३ हजार ५२ पीस आयात भएको विभागले जनाएको छ।

फक्त मंसिरमा आएको वृद्धिले यस अवधिमा कन्डमको माग बढेको वा आपूर्ति सहज भएको संकेत गरेको देखिन्छ। भन्सार विभागले आगामी महिनामा आयात र आपूर्ति दुवैको निगरानी बढाउने जनाएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली