साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात  भएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा कन्डमको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागका तथ्याङ्क अनुसार यस अवधिमा कुल ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ।

आयातमा मंसिर महिनामा सबैभन्दा वृद्धि देखिएको छ। मंसिरमा मात्रै १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरको १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएको तथ्याङ्कमा उल्लेख छ। कात्तिक महिनामा ७१ लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ६५ हजार ९८४ पीस कन्डम आयात भएको थियो भने असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँ बराबरको ११ लाख ६३ हजार ५२ पीस आयात भएको विभागले जनाएको छ।

फक्त मंसिरमा आएको वृद्धिले यस अवधिमा कन्डमको माग बढेको वा आपूर्ति सहज भएको संकेत गरेको देखिन्छ। भन्सार विभागले आगामी महिनामा आयात र आपूर्ति दुवैको निगरानी बढाउने जनाएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु