अजेन्द्र वाईबा तामाङ
असाेज २४ शनिबार
पाँचथरको फिदिम नगरपालिका १३ चाम्लिङडाँडाका मोहन चाम्लिङकाे दुईवटा घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
आज दिउँसो करिब १:३० बजे घरमा कोही नभएको समयमा विद्युत् सर्ट भएर आगलागी भएको लुङरुपा प्रहरी चौकी, जल्पाले जनाएको छ।
आगलागीबाट काठले निर्माण गरिएका टिनको छाना भएका दुईवटै घर जलेर नष्ट भएका छन्। तीन कोठा भएको एउटा घर र सोही प्रकृतिको बनोटमा निर्माण गरिएको अर्को घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, खाना पकाउने सामग्री, ओढ्ने ओछ्याउने सामान, सरकारी कागजात तथा सामाजिक सुरक्षा भत्ताको कार्ड लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
आगलागीपछि शरीरमा लगाएको लुगाबाहेक अन्य कुनै पनि सामग्री बाँकी नरहेको जनाइएको छ। घटनाबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घरमा कोही नभएको समयमा आगलागी भएकाले घरभित्र रहेका सम्पूर्ण सामग्री गुमाउनुपरेको छ। घट्नाबारे थप बिबरण आउन बाकि रहेको छ।
जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित
अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…


