अजेन्द्र वाईबा तामाङ
असाेज २८,सिन्धुपाल्चोक
काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८ गतेसम्म सञ्चालन भएको ‘तामाङ भाषा शिक्षा विषयक प्रादेशिक सम्मेलनमा भाषा शिक्षण, इतिहास, संस्कृति र साहित्य कार्यक्रमको कार्यक्रम सञ्चालन तामाङ भाषा शिक्षिका सुजाता तामाङले गर्नुभएको थियो।
तामाङ भाषा, शिक्षा, इतिहास, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा शिक्षिका सुजाता तामाङले कार्यक्रम सञ्चालनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो। तामाङ भाषा शिक्षणसँग सम्बन्धित सम्मेलनमा तामाङ भाषाकै शिक्षिकाले कार्यक्रम सञ्चालन गर्नुलाई भाषा र शैक्षिक क्षेत्रबीचको सम्बन्धलाई थप जोड्ने अवसरका रूपमा लिन सकिन्छ।
सम्मेलनमा बागमती प्रदेशका मन्त्री ज्ञानबहादुर तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेपाल तामाङ घेदुङका सहअध्यक्ष सरोज मोहन लामाले सभापतित्व गर्नुभएको थियो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिन प्रा. डा. बालकृष्ण बल तामाङ, भाषा विभागका प्रमुख डा. टिकाराम पौडेल, मानवशास्त्री डा. मुक्तसिं थोकर तामाङ, उपप्राध्यापक डा. सिद्धार्थ ढुङ्गाना लगायत भाषाविद्, जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।
तामाङ भाषा शिक्षण, भाषाको इतिहास, मौलिक संस्कृति र साहित्यका विविध पक्षलाई समेटेर आयोजना गरिएको सम्मेलनले तामाङ भाषाको शैक्षिक विकास, संरक्षण र पुस्तान्तरण सम्बन्धी विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो।
आफ्नै मातृभाषाको शिक्षण क्षेत्रमा संलग्न शिक्षिका सुजाता तामाङले भाषा र संस्कृतिसम्बन्धी महत्त्वपूर्ण सम्मेलनको सञ्चालन गर्नुभएको यस प्रसङ्गले तामाङ भाषा शिक्षणमा संलग्न शिक्षकहरूको भूमिका र सहभागितालाई समेत उजागर गरेको छ।
तामाङ भाषा र संस्कृतिको संरक्षणका लागि शैक्षिक संस्था, शिक्षक, भाषाविद् र समुदायबीच सहकार्य आवश्यक रहेको सन्दर्भमा यस्ता कार्यक्रमले भाषा शिक्षाको महत्त्वलाई समुदायस्तरसम्म पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित
अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…


