सुवेदी परिवारद्वारा अक्षयकाेष स्थापना

अजेन्द्र वाईबा तामाङ

असाेज १८ ,पाँचथर
याङवरक गाउँपालिका–४ मा अवस्थित श्री थर्पु नमुना माध्यमिक विद्यालयलाई सुवेदी परिवारले पाँचतले पक्की भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। विद्यालयलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सुवेदी परिवारले यसअघि समेत विद्यालयलाई जग्गा दान गर्नुका साथै विभिन्न सहयोग गर्दै आएको थियो।
सुवेदी परिवारले करिब आठ आना जग्गामा बाटो, विद्युत् र खानेपानीको सुविधासहित निर्माण गरेको उक्त पाँचतले भवनको मूल्य करिब रु. १ करोड ५१ हजार १५१ बराबर रहेको जनाइएको छ। २०७८ साल फागुन ६ गते शुक्रबार विशेष धार्मिक विधि तथा पुराण लगाएर भवन विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
भवन हस्तान्तरणका क्रममा १२ जना पुरोहित तथा पण्डितद्वारा धार्मिक अनुष्ठान सम्पन्न गरिएको थियो। उक्त अवसरमा बयोवृद्ध पुरोहित बैजनाथ पोखरेल (थर्पु–३), पण्डितहरू हरिनारायण खनाल, बाबुराम पोखरेल, ध्रुव पोखरेल, होमनाथ पोखरेल, डिल्लीराम घिमिरे, राजेन्द्रप्रसाद ढकाल, मित्रलाल कोइराला, प्रकाश खतिवडा, पुरोहित धनपति भण्डारी, पुरेत सापकोटा अंकल (मुसेपा) तथा पुरोहित शान्तिराम पोखरेल सहभागी हुनुहुन्थ्यो।
भवन हस्तान्तरणका क्रममा आवश्यक **संकल्प वाचन पण्डित श्री राजेन्द्रप्रसाद ढकाल (अमरपुर–३)**ले गर्नुभएको थियो। गुरु तथा पुरोहितहरूद्वारा विधिपूर्वक पुराण लगाई पाँचतले भवन विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
यसैबीच, सुवेदी परिवारले विद्यालयको शैक्षिक विकासमा थप योगदान गर्दै मणिकर्णी सुवेदी अक्षयकोषमा पुनः रकम थप गरेको छ। सुवेदी भेट्स फर्मा तथा न्यू सुवेदी किराना होटल एण्ड लजका सञ्चालक तथा महादानवीर होमनाथ सुवेदी र देवीमाया बजगाई सुवेदीले यसअघि स्थापना गरिएको अक्षयकोषमा रु. ५०,१०१ रहेकोमा २०८३/०६/१४ गते रु. १०,००० थप गर्नुभएको हो।
थप रकमसहित उक्त अक्षयकोषको कुल राशि अब रु. ६०,१०१ पुगेको छ। अक्षयकोषको नाम “हप्रसु मकदा टिराब तुमाओ” नामकरण गरिएको जनाइएको छ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर दाहाल तथा विद्यालय परिवारले सुवेदी दम्पतीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै उहाँहरूको उत्तरोत्तर प्रगति, सुख, समृद्धि र दीर्घायुको कामना गरेका छन्।
शिक्षा क्षेत्रमा निजी स्तरबाट गरिएको यस्तो योगदानले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै विद्यार्थीको शैक्षिक अवसर विस्तारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विद्यालय परिवारको विश्वास छ। सुवेदी परिवारको निरन्तर सहयोग र सामाजिक सेवाभाव स्थानीय समुदायका लागि समेत प्रेरणाको विषय बनेको छ।

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित