पाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दै

अजेन्द्र वाईबा तामाङ
असाेज २२,फिदिम
सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा सडक प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले पाँचथरका दुर्घटनाग्रस्त क्षेत्रमा सडक सुरक्षा सम्बन्धी सचेतना बोर्ड राखिएको छ।
हिमालयन एभरेस्ट इन्सुरेन्सको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचथरले फिदिम नगरपालिका–२ का विभिन्न जोखिमयुक्त क्षेत्रमा सडक सुरक्षा सम्बन्धी होर्डिङ बोर्ड राखेको हो।
सवारी दुर्घटनाको बढी जोखिम रहेका फिदिम–२ स्थित नेपालटार र कृष्ण मन्दिर घुम्ती (टर्निङ) मा सचेतनामूलक बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख पुरन बर्देवाले जानकारी दिए।
घुम्ती तथा जोखिमयुक्त सडकखण्डमा सवारी साधनको गति नियन्त्रण गर्न, चालकलाई सावधानी अपनाउन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न यस्ता सचेतनामूलक बोर्ड प्रभावकारी हुने ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले दुर्घटनाको जोखिम रहेका अन्य क्षेत्रको समेत पहिचान गरी सडक सुरक्षा सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित