कन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाे

निशान निराैला
असाेज १८,इलाम  पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको बताइएको छ।

कन्याम चिया बगानका स्टाफ होम प्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समयक्रममा फुटेर टुक्राटुक्रा भएको थियो। फुटेका टुक्राहरू कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको उहाँले बताउनुभयो।

“वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो। पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भन्नुभयो, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू ल्याएर जोडजाड गरेर राखिएको छ।”

शिलालेखलाई संरक्षण गर्न कम्पनीका केही मजदुर परिचालन गरी सिमेन्टलगायत सामग्री प्रयोग गरेर टालटुल गरी खडा गरिएको भए पनि त्यस वरपर घेराबेरा भने नगरिएको रिजालको भनाइ छ। उहाँका अनुसार शिलालेखलाई व्यवस्थित रूपमा संरक्षण गर्न कम्पाउन्ड वा घेराबेरा आवश्यक छ।

“कम्पनीले त आफ्नोतर्फबाट टालटुल गरेर राखेको छ। तर त्यहाँ घेराबेरा छैन। अब यसलाई संरक्षण गरेर राख्नका लागि घेराबेरा गरिनुपर्छ,” रिजालले भन्नुभयो।

उहाँले ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र चिया बगान कम्पनी दुवैको समन्वय आवश्यक रहेको बताउनुभयो। कन्यामको पर्यटन प्रवर्द्धनसँगै यहाँ रहेका ऐतिहासिक संरचना तथा शिलालेखको संरक्षणमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

यसअघि स्थानीय टेकराज गिरीले कन्याम चिया बगान सुरु हुँदाका समयमा तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यले विसं २०२८ सालमा वृक्षरोपण गरेको पहिलो चियाको बोट ‘मदर बुश’ समेत काटेर मासिएको बताउनुभएको थियो। उहाँले शिलालेख फुटाएर वा मेटाएर कन्यामको इतिहास मेटाउन नसकिने भन्दै ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

कन्यामलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार गरिरहँदा यसको प्राकृतिक सुन्दरता मात्र नभई राजपरिवार, चिया बगान र पुराना संरचनासँग जोडिएको ऐतिहासिक पक्षको संरक्षण गर्नुपर्ने स्थानीयको माग छ।

 

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित