एशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्मान

अजेन्द्र वाईबा तामाङ
असाेज १७,फिदिम
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फिदिम शाखाको आयोजनामा एजेन्सी म्यानेजर सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ।
२०८३ साल असोज १७ गते फिदिम बजारस्थित होटल अजिमामा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो। शाखा प्रबन्धक दिनेश श्रेष्ठको अध्यक्षता तथा प्रदेश प्रमुख रितु प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा एजेन्सी म्यानेजरहरूलाई सम्मान गर्नुका साथै अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता र सफलताका लागि प्रेरणादायी प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमले अभिकर्ताहरूमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास थप्दै बीमा व्यवसायमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, सम्मानित एजेन्सी म्यानेजर तथा सहभागी अभिकर्ताहरूप्रति शाखाले आभार तथा धन्यवाद व्यक्त गरेको छ।

 

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित