निजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रै

अजेन्द्र वाईबा तामाङ
असाेज १७,तेह्रथुम
आठराई गाउँपालिकाले स्थानीयवासीलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सक्रान्ति बजारदेखि पाँचथरको सदरमुकाम फिदिमसम्म नगर बस सेवा सञ्चालनमा ल्याएको छ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमका अनुसार नगर बसले दैनिक रूपमा सेवा दिनेछ। बस आठराईको सक्रान्ति बजारबाट बिहान ७:३० बजे फिदिमतर्फ छुट्नेछ भने फिदिमस्थित आहालगैरीबाट दिउँसो ३ बजे आठराईतर्फ प्रस्थान गर्नेछ।
गाउँपालिकाले नगर बसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ५ वर्षमुनिका बालबालिका तथा स्कुल ड्रेसमा परिचयपत्रसहित यात्रा गर्ने विद्यार्थीलाई निःशुल्क यात्राको व्यवस्था गरेको छ। त्यस्तै, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत भाडा छुट दिइनेछ।
सक्रान्ति बजारदेखि फिदिमसम्मको बस भाडा रु. २०० मात्र निर्धारण गरिएको छ। अध्यक्ष पाहिमका अनुसार सोही रुटमा निजी ट्याक्सीले यसअघि यात्रुसँग रु. ४०० सम्म भाडा लिने गरेका थिए।
नगर बस सञ्चालन भएपछि आठराई क्षेत्रका नागरिकलाई पाँचथर सदरमुकामसम्म आवतजावत गर्न सहज हुनुका साथै यातायात खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ।
विशेषगरी विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी निःशुल्क तथा छुटको व्यवस्था गरिएकाले नगर बस सेवा स्थानीयवासीका लागि थप उपयोगी हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउँदै नागरिकलाई सहज, सुरक्षित र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नगर बस सञ्चालन गरेको जनाएको छ।

 

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित