अजेन्द्र वाईबा तामाङ
असाेज १६ पाँचथर
हिलिहाङ गाउँपालिका–५, चतुरेस्थित जोरपोखरी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा हिलिहाङ गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, हिलिहाङ गाउँपालिकाका अध्यक्ष सम्वर अधिकारी, उपाध्यक्ष सुमित्रा सेडाई, जिल्ला प्रहरी कार्यालय पाँचथरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्ण लगायत स्थानीय नागरिक, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पछिल्लो समय बढ्दै गएको अनलाइन ठगी तथा साइबर अपराध का विषयमा विशेष सचेतना प्रदान गरिएको थियो। नेपालमा डिजिटल कारोबारको विस्तारसँगै अनलाइन ठगीका स्वरूपसमेत परिवर्तन हुँदै गएकाले प्रविधिको प्रयोगसँगै सचेतना, संयम र कुनै पनि सूचना वा कारोबारको Verification (यकिन) आवश्यक रहेको प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णले जानकारी गराउनुभयो।
उहाँले अनलाइनमार्फत हुने ठगीबाट जोगिन अपरिचित व्यक्तिबाट प्राप्त हुने फोन, म्यासेज, लिंक तथा सामाजिक सञ्जालका सूचनाप्रति सजग रहन, व्यक्तिगत तथा बैंकिङ विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध नगराउन र शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्नुभयो।
नागरिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले आफ्ना जिज्ञासा, गुनासा तथा सुझावहरू समेत राखेका थिए। स्थानीय नागरिकले उठाएका विषयमा सम्बन्धित अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले आवश्यक जानकारी तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, अनलाइन ठगी तथा साइबर सुरक्षा, भूमिहीन तथा अव्यवस्थित बस्ती लगायत स्थानीय समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
नागरिक र राज्यका सुरक्षा तथा प्रशासनिक निकायबीच प्रत्यक्ष संवाद र समन्वय बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले स्थानीयस्तरमा नागरिकका समस्या, गुनासा तथा सुझाव सम्बन्धित निकायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित
अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…


अजेन्द्र वाईबा तामाङ