झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालक राईको मृत्यु

झापा । झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

झापा जिल्लाको दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मंसिर ८ गते रातिको समयमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल सडकको पूर्वपट्टि पानी जमेको ढलको नालीभित्र पसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक झापा जिल्ला कमल गाउँपालिका–६ निवासी खङबहादुर राईका ३८ वर्षीय छोरा विनोद राई मृत अवस्थामा फेला परेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। हाल घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु