निशान निराैला
इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलमा पुगेर बुझ्दा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियाली बोलेरोका चालक रहेको र उनको घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


