भारत–पाकिस्तान द्वन्द्वप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै संवाद र संयमताका निम्ति आग्रह

काठमाडौं,२४ बैशाख/ आमूल परिवर्तन नागरिक पार्टीले भारत र पाकिस्तानबीच हालै भएको सैन्य द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै संवाद र संयमता अपनाउन दुबै देशलाई आग्रह गरेको छ ।

पार्टी अध्यक्ष दल मर्दन कामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “द्वन्द्वका कारण मानवीय क्षति र भूराजनीतिक अस्थिरता सिर्जना भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्वले दुई देशमा मात्र होइन सम्पूर्ण दक्षिण एशियामा नकारात्मक असर पारेकोमा चिन्ता व्यक्त गर्दछाैं ।

विज्ञप्तिमा सार्क राष्ट्रहरूबीचको सामाजिक–आर्थिक सम्बन्ध र साझेदारीतालाई दृष्टिगत गर्दै यस्तो द्वन्द्वले सबैलाई एकता, शान्ति , समृद्धि र स्थायित्वमा चुनौती उत्पन्न गर्न सक्ने भन्दै कूटनीतिक संवाद र आपसी समझदारीमार्फत समस्या समाधानको आवश्यकता औंल्याइएको छ ।

साे पार्टीले द्वन्द्वबाट प्रभावित दुबै देशका नागरिकप्रति समवेदना व्यक्त गर्दै नेपाल सरकारलाई पनि उक्त द्वन्द्वप्रति सन्तुलित कूटनीतिक पहल मार्फत शान्तिका पक्षमा भूमिका निर्वाह गर्न सुझाव दिएकाे छ ।

आमूल परिवर्तन नागरिक पार्टीले दक्षिण एसियाली सबै मुलुकहरूका नेतृत्व र सरोकारवाला सबैलाई शान्ति, सहकार्य र मानव हितलाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधानतर्फ कदम चाल्न आह्वान गरेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट