ताप्लेजुङको दोभान पुसे मेलाको भलिबल उपाधि यस वर्ष पनि भोजपुरलाई

राज याक्खा,ताप्लेजुङ

ताप्लेजुङ जिल्लाको दोभान बजारमा सदाझैँ यस वर्ष पनि ऐतिहासिक ५२औँ पुसे मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलाको विशेष आकर्षणका रूपमा आयोजना गरिएको अन्तरजिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता दर्शकको उल्लेख्य उपस्थितिसहित सफलतापूर्वक सम्पन्न भएको हो।

उक्त भलिबल प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका ५ वटा टिमको सहभागिता रहेको थियो। खेल पुस १ गतेदेखि सुरु भई आज पुस ५ गते सम्पन्न भएको हो। प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा भोजपुर भलिबल क्लब र सभापोखरी भलिबल क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

फाइनल खेलमा भोजपुर भलिबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सभापोखरी भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको छ। यससँगै भोजपुर भलिबल क्लबले अघिल्लो वर्षको च्याम्पियनको उपाधि जोगाउँदै लगातार दोस्रो पटक पुसे मेलाको भलिबल च्याम्पियन बन्न सफल भएको छ।

खेलमा भोजपुर भलिबल क्लबका खेलाडी विष्णु बस्नेत ले उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई Player of the Match घोषित गरिएको थियो। प्रतियोगिताको विजेता टोली भोजपुर भलिबल क्लबले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता सभापोखरी भलिबल क्लबले १ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण MMC Club Taplejung को Facebook Page, Koshi Sports TV को YouTube Channel तथा सभापोखरी भलिबल क्लबको Facebook Page मार्फत गरिएको थियो, जसले खेललाई देश–विदेशमा रहेका दर्शकमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

स्थानीय कला, संस्कृति र खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पुसे मेलाले यस वर्ष पनि दोभान बजारलाई खेलकुद र उत्सवको केन्द्रका रूपमा चिनाउन सफल भएको आयोजकले बताएका छन्।

  • Related Posts

    बेंगलुरु लगातार दोस्रो पटक आइपीएलको च्याम्पियन

    गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ। अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै…

    १६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

    राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली