१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

  • राज याक्खा,

ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला प्रथम भएको हो ।

प्रथम भए सँगै मैवाखोलाले २३ स्वर्ण, २० रजत र १२ कास्य गरी कुल ५५ पदक प्राप्त गरेको छ । आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । आठराई त्रिवेणीले १३ स्वर्ण १३ रजत र २१ कास्य गरी जम्मा ४७ पदक आफ्नो नाममा गराउन सफल भएको छ ।

यस्तै ११ स्वर्ण, आठ रजत र २३ कास्य गरी जम्मा ४२ पदक हात पार्दै फुङलिङ नगरपालिका तेस्रो बन्न सफल भएको छ । प्रतियोगिता समन्वयको भूमिका निर्वाह गरेको सिदिङ्वा गाउँपालिका भने चौथो बनेको छ । उक्त गाउँपालिकाले नौ स्वर्ण, १२ रजत र १६ कास्य गरी जम्मा ३७ पदक आफ्नो नाममा गर्न सफल भएको छ ।

पाँचौँ बनेको मेरिङदेन गाउँपालिकाले कुल १५ पदक जित्दा चार स्वर्ण, पाँच रजत र छ कास्य प्राप्त गरेको छ । मिक्वाखोलाले तीन स्वर्ण, पाँच रजत र १७ कास्य जित्दै २५ पदक जोडी छैटौँ बनेको छ । सिरिजङ्घा गाउँपालिका प्रतियोगितामा सातौँ बनेको छ । सिरिजङ्घाले दुई स्वर्ण, एक रजत र पाँच कास्य गरि नौ पदक जितेको छ ।

एक स्वर्ण, दुई रजत र दुई काश्य गरी जम्मा पाँच पदक जितेको पाथिभरा याङ्वरक गाउँपालिका ८औं बन्न सफल भएको छ । अन्तिम तथा नवौँ बनेको फक्ताङलुङ गाउँपालिका पदक विहीन बनेको छ । गत माघ २३ बाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

जिल्लाका नौ वटै पालिकाका विभिन्न विद्यालयहरू सहभागी रहेका थिए । प्रतियोगितामा कुल दुई सय ३४ पदकका लागि प्रतिसप्रधा भएको आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष गणेश माबोले जानकारी दिनुभयो ।

  • Related Posts

    बेंगलुरु लगातार दोस्रो पटक आइपीएलको च्याम्पियन

    गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ। अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै…

    माघ २५ देखि माङसेबुङमा १६औं पवित्रहाङमा गोल्ड कप सञ्चालन हुने

    राज याक्खा, किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ माघ २५ गतेदेखि फागुन ३ गतेसम्म…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु