अन्तर–स्थानीय तह शिक्षक मैत्रीपूर्ण फुटबल प्रतियोगिता माङ्सेबुङमा हुँदै

राज याक्खा,

इलाम — आत्मीयता, समन्वय, सहकार्य र मित्रवत् सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थानीय तहका शिक्षकबीच हुने अन्तर–स्थानीय तह शिक्षक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आगामी २०७९ कात्तिक १३ गते, शनिबार बिहान ८ बजे माङ्सेबुङ–५ स्थित आत्मानन्द रंगशालामा आयोजना हुने भएको छ।

आत्मानन्द पवित्र खेलकुद समितिद्वारा  आत्मानन्द गोल्डकप २०८२ को उपलक्ष्यमा आयोजना गरिँदै गरेको यस प्रतियोगितामा छिमेकी चार वटा स्थानीय तहका शिक्षक टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने स्थानीय तहहरू

माङ्सेबुङ गाउँपालिका, इलाम

चुलाचुली गाउँपालिका, इलाम

मिक्लाजुङ गाउँपालिका, पाँचथर

मिक्लाजुङ गाउँपालिका, मोरङ

कार्यक्रमले शिक्षकहरूबीच खेलकुदमार्फत सहकार्य र आत्मीयता थप मजबुत बनाउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ। प्रतियोगितालाई सभ्य, भव्य र अनुकरणीय रूपमा सम्पन्न गर्न सम्पूर्ण सम्माननीय खेलप्रेमी, आदरणीय गुरुजन तथा क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई आयोजकले हार्दिक निमन्त्रणा जनाएको छ। स्थान: आत्मानन्द रंगशाला, माङ्सेबुङ–५, इलाम मिति/समय: २०८२ कात्तिक १३ गते, शनिबार — बिहान ८ बजे हुने भएको छ।

आयोजक समितिले सम्पूर्ण अतिथिहरूको उपस्थितिका लागि न्यानो स्वागत गर्दै सफल आयोजनाको अपेक्षा गरेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट