सिदिङवा– भन्ज्याङ बजारमा विद्युत सर्ट हुँदा घर र कार्यालय जलेर नष्ट

राज याक्खा ,

सिदिङवा गाउँपालिका, मंसिर १२, २०८२।

सिदिङवा गाउँपालिकाको भन्ज्याङ बजारमा आज बिहान विद्युत सट भएको कारण लक्ष्मी तामाङको घरमा भीषण आगलागी भएको छ। अचानक लागेको आगो छोटो समयमै फैलिँदा घरको माथिल्लो तला पूर्ण रूपमा नष्ट भएको स्थानीयले जनाएको छ।

आगलागीबाट क्षतिग्रस्त भएको उक्त माथिल्लो तला गाउँपालिकाका उपाध्यक्ष तथा प्रशासकीय अधिकृत बसोबास गर्ने क्वाटर समेत रहेको भाग परेको छ, जसले क्षतिको प्रकृति अझ गम्भीर बनेको छ। साथै, सोही तला भित्र रहेको अफिसियल कागज मिलाउने कार्यालय समेत जलेर पूर्णरूपमा नष्ट भएको छ।

कार्यालयभित्र रहेका कम्प्युटर, डेस्कटप, मोबाइल, फर्निचरलगायतका सामानहरू आगोले जल्दै नष्ट भएका छन्। प्रारम्भिक रूपमै ठूलो भौतिक क्षति देखिए पनि गाउँपालिका र घर–परिवार दुवै पक्षको यकिन क्षतिको विवरण भने आएको छैन।

घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। क्षतिको सम्पूर्ण विवरण संकलन गर्ने कार्य भईरहेको र आधिकारिक तथ्याङ्क पछि सार्वजनिक गरिने जनाएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट