जेसीआई अर्जुनधाराका अध्यक्ष बेद नारायण गोदारलाई Star Local President Award द्वारा अन्तर्राष्ट्रिय सम्मान

जेसीआई अर्जुनधाराका वर्तमान अध्यक्ष जेसी बेद नारायण गोदारलाई JCI Asia Pacific Conference 2025 मा Star Local President Award प्रदान गरिएको छ। मंगोलियामा सम्पन्न सो सम्मेलनमा एशिया–प्रशान्त क्षेत्रका उत्कृष्ट स्थानिय अध्यक्षहरूलाई मूल्याङ्कन गरी उक्त सम्मान प्रदान गरिएको हो।

गोदारले नेतृत्व गरेका कार्यक्रमहरू—व्यक्तिगत विकास, सामाजिक उत्तरदायित्व, व्यवसायिक, र अन्तर्राष्ट्रिय क्षेत्रमा केन्द्रित थिए, जसका आधारमा उनलाई Star Local President Award दिइएको आयोजकले जनाएको छ।

उक्त पुरस्कार JCI Asia Pacific Development Council द्वारा चार प्रमुख कार्यक्षेत्रहरूमा आधारित रही प्रदान गरिन्छ, जसमा व्यक्तिगत विकास (Individual), व्यवसाय प्रवर्द्धन (Business), सामाजिक सेवा (Community), र अन्तर्राष्ट्रिय सहभागिता (International) समावेश छन्।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गोदारको सम्मानसँगै जेसीआई अर्जुनधाराले अन्तर्राष्ट्रिय मञ्चमा पनि आफ्नो पहिचान अझ सशक्त बनाएको छ।

यो महत्वपूर्ण अवसर प्रदान गर्नुहुने नेपाल जेसीज परिवार र अध्यक्ष सिनेटर रजनी थापाज्यूलाई अध्यक्ष गोदारले विशेष धन्यवाद प्रकट गरेका छन्। उहाँहरूको मार्गदर्शन, सहयोग र प्रेरणाले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग पुगेको बताइएको छ।

अध्यक्ष गोदारका अनुसार,

“जेसीआई भनेको १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको अन्तर्राष्ट्रिय संगठन हो, जहाँबाट व्यक्तित्व विकास, नेतृत्व निर्माण, सामाजिक योगदान र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सकिन्छ। युवाहरूले यस्तो प्लेटफर्मको सदुपयोग गरेर आफू र समाजमा ठूला परिवर्तन ल्याउन सक्छन्।”

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु