जेसीआई अर्जुनधाराका अध्यक्ष बेद नारायण गोदारलाई Star Local President Award द्वारा अन्तर्राष्ट्रिय सम्मान

जेसीआई अर्जुनधाराका वर्तमान अध्यक्ष जेसी बेद नारायण गोदारलाई JCI Asia Pacific Conference 2025 मा Star Local President Award प्रदान गरिएको छ। मंगोलियामा सम्पन्न सो सम्मेलनमा एशिया–प्रशान्त क्षेत्रका उत्कृष्ट स्थानिय अध्यक्षहरूलाई मूल्याङ्कन गरी उक्त सम्मान प्रदान गरिएको हो।

गोदारले नेतृत्व गरेका कार्यक्रमहरू—व्यक्तिगत विकास, सामाजिक उत्तरदायित्व, व्यवसायिक, र अन्तर्राष्ट्रिय क्षेत्रमा केन्द्रित थिए, जसका आधारमा उनलाई Star Local President Award दिइएको आयोजकले जनाएको छ।

उक्त पुरस्कार JCI Asia Pacific Development Council द्वारा चार प्रमुख कार्यक्षेत्रहरूमा आधारित रही प्रदान गरिन्छ, जसमा व्यक्तिगत विकास (Individual), व्यवसाय प्रवर्द्धन (Business), सामाजिक सेवा (Community), र अन्तर्राष्ट्रिय सहभागिता (International) समावेश छन्।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गोदारको सम्मानसँगै जेसीआई अर्जुनधाराले अन्तर्राष्ट्रिय मञ्चमा पनि आफ्नो पहिचान अझ सशक्त बनाएको छ।

यो महत्वपूर्ण अवसर प्रदान गर्नुहुने नेपाल जेसीज परिवार र अध्यक्ष सिनेटर रजनी थापाज्यूलाई अध्यक्ष गोदारले विशेष धन्यवाद प्रकट गरेका छन्। उहाँहरूको मार्गदर्शन, सहयोग र प्रेरणाले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग पुगेको बताइएको छ।

अध्यक्ष गोदारका अनुसार,

“जेसीआई भनेको १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको अन्तर्राष्ट्रिय संगठन हो, जहाँबाट व्यक्तित्व विकास, नेतृत्व निर्माण, सामाजिक योगदान र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सकिन्छ। युवाहरूले यस्तो प्लेटफर्मको सदुपयोग गरेर आफू र समाजमा ठूला परिवर्तन ल्याउन सक्छन्।”

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट