फिदिमबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ।

सुरेन्द्र खरेल, पाँचथर

फिदिम, जेठ २६ — पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ बाट प्रतिबन्धित खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ।

फिदिम–२ स्थित एक घरमा लागुऔषध कारोबार हुने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ख्यामराज घिमिरेका अनुसार, सो क्रममा ३ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै हाल सार्वजनिक गरेको छैन। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट