असोज ५ गते ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ ।

पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका दिन कार्यक्रम हुन लागेको हो ।

नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा विहान १० बजे देखि शुरु हुने कार्यक्रम, विशेषत कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने छ ।

वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् ।

महानायक राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधार सहित र विदेश पढ्न जाने योजना भएकाहरुलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल रहने छ ।

हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिहरुसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ ।

  • Related Posts

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    सम्पत्ति विवरण बुझाउने समयअवधि थप

    काठमाडौं – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो