उपसभामुख रानालाई हटाउन उपयुक्त नहुने-पूर्व प्रधानमन्त्री प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन उपयुक्त नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै देशका गरिब निमुखा बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने बताएका हुन् ।

प्रचण्डले भने‘जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उपसभामुख लाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ, प्रचण्डले संवैधानिक परिषद्को हिजोको भएको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको नाम सिफारिस भएको बताएका छन् । उनका अनुसार ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्ने छ ।

फरक प्रसङ्गमा पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुने बताएका छन्। । प्रचण्डले यसलाई जोड दिँदै भने‘अहिले एमाले नेतृत्वले हिंसा शब्द जोडेर माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने, त्यसको भ्रष्टीकरण गर्ने उद्देश्यले गरेको हुनाले त्यो उहाँहरुले सच्याउनुपर्छ । हाम्रो विरोध जारी रहन्छ त्यसलाई नसच्याउने हो भने संसद अवरोध जारी रहनेछ। यसको मुख्य जिम्मेवार सरकार हुनेछ ।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न