असोज ५ गते ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ ।

पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका दिन कार्यक्रम हुन लागेको हो ।

नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा विहान १० बजे देखि शुरु हुने कार्यक्रम, विशेषत कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने छ ।

वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् ।

महानायक राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधार सहित र विदेश पढ्न जाने योजना भएकाहरुलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल रहने छ ।

हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिहरुसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ ।

  • Related Posts

    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्न

    अर्जुन निराैला अर्जुनधारा। नेपाल शिक्षक संगठन अर्जुनधारा नगर समितिको आयोजनामा शहीद देवकुमार आचार्य ‘डी. कौडिन्य’ स्मृति कोष स्थापना तथा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल शिक्षक संगठन अर्जुनधारा नगर…

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्न