सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्न

अर्जुन निराैला

अर्जुनधारा। नेपाल शिक्षक संगठन अर्जुनधारा नगर समितिको आयोजनामा शहीद देवकुमार आचार्य ‘डी. कौडिन्य’ स्मृति कोष स्थापना तथा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल शिक्षक संगठन अर्जुनधारा नगर समितिका अध्यक्ष शिक्षक रुद्र खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशील साहित्यकार तथा पूर्व शिक्षक कालीबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराका पूर्व अध्यक्ष तथा शिक्षक पुण्य सुवेदी, शिक्षक संगठनका जिल्ला अध्यक्ष रविन मैनाली, केन्द्रीय सचिवालय सदस्य कपिलदेव तिम्सिना, तिल्सन अधिकारीलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको अवसरमा शहीद देवकुमार आचार्य ‘डी. कौडिन्य’को स्मृतिमा एक लाख रुपैयाँ राशिको स्मृति कोष स्थापना गरिएको छ। साथै, अर्जुनधारा नगरपालिकाभित्रका विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूबीच अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगितामा जुनकिरी आधारभूत विद्यालयका रोहण भण्डारीले प्रथम स्थान हासिल गर्नुभयो। त्यसैगरी अरुणोदय आधारभूत विद्यालयका दिपेश राई द्वितीय, बालकल्याण आधारभूत विद्यालयकी प्यारी तामाङ तृतीय तथा सरस्वती आधारभूत विद्यालयका आराध्य बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो।
कार्यक्रममा शहीद परिवारका तर्फबाट स्वर्गीय देवकुमार आचार्यका कान्छा भाइ अर्जुन आचार्य र बुहारी विनिता आचार्यको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षक प्रकाश दाहालले सहजीकरण गर्नुभएको थियो भने हिमाल पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।
भानु आधारभूत विद्यालयका विद्यार्थीहरूले आकर्षक नृत्यहरु पनि प्रस्तुत गरेका थिए सर। डि कौडिन्य स्मृति अक्षय कोषबाट वार्षिक रूपमा एकजना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ!
शहीदको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तामा सिर्जनशीलता, सामाजिक चेतना र देशप्रेमको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्न