युके द्वारा क्यान्सर पिडितलाई २ लाख १९ हजार सहयोग !

अजेन्द्र वाईबा तामाङ
पाँचथर भदौ ३०
पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक महिलालाई क्यान्सरको उपचार गर्न २ लाख १९ हजार आर्थिक सहयोग गरेकाे छ ।
फिदिम ४ गडि निबासी १६ वर्षीय बिपसा खबासकाे घाटिकाे ब्लड क्यान्सरबाट पीडित भई हाल ललितपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण फिदिम ४ निबासी हाल युकेमा रहेका नेपालीले रकम संकलन गरेर उहाँलाई हस्तान्तरण गरेको हो ।
उहाँको उपचार सहयोगार्थ युकेमा सुनु तुम्बापाे गुरुङ र सुक प्रसाद लिङ्देन काे पहलमा २ लाख १४ हजार र सुडान निबासी निवन तुम्बापाे बाट ५ हजार गरेर जम्मा २ लाख १९ हजार फिदिम नगरपालिका वाड अध्यक्ष उपेन्द्र लाउति र समाजसेवी दिल कुमारी तुम्बापाेका उपस्थितिमा साे रकम खबासलाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम पाएपछि सम्पुर्ण सहयोगीहरुलाई बिपसा खबासकाे हजुरबुबा मान बहादुर खबासले धन्यवाद ब्यक्त गरेका थिए।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली