उपसभामुख रानालाई हटाउन उपयुक्त नहुने-पूर्व प्रधानमन्त्री प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन उपयुक्त नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै देशका गरिब निमुखा बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने बताएका हुन् ।

प्रचण्डले भने‘जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उपसभामुख लाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ, प्रचण्डले संवैधानिक परिषद्को हिजोको भएको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको नाम सिफारिस भएको बताएका छन् । उनका अनुसार ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्ने छ ।

फरक प्रसङ्गमा पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुने बताएका छन्। । प्रचण्डले यसलाई जोड दिँदै भने‘अहिले एमाले नेतृत्वले हिंसा शब्द जोडेर माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने, त्यसको भ्रष्टीकरण गर्ने उद्देश्यले गरेको हुनाले त्यो उहाँहरुले सच्याउनुपर्छ । हाम्रो विरोध जारी रहन्छ त्यसलाई नसच्याउने हो भने संसद अवरोध जारी रहनेछ। यसको मुख्य जिम्मेवार सरकार हुनेछ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु