ताप्लेजुङ प्रतिनिधि सभा निर्वाचन : रास्वपाबाट वीरेन्द्र श्रेष्ठ प्रत्यक्ष उम्मेदवार घाेषणा आफ्नै जन्म घर सीनाम पञ्चमी बाट

  1.  राज याक्खा, ताप्लेजुङ् 

ताप्लेजुङमा आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्। रास्वपाको शनिबार बसेको जिल्ला बैठकले श्रेष्ठलाई प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको थियो।

आज आइतबार सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनाम पञ्चमीमा आयोजित कार्यक्रममार्फत श्रेष्ठको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेएको हो। पञ्चमी बजार श्रेष्ठको पुर्ख्यौली गाउँसमेत भएकाले त्यहीँबाट रास्वपाले उम्मेदवारी घोषणा तथा निर्वाचन प्रचार अभियानको सुरुवात गरेको हो।

इञ्जिनियर पृष्ठभूमिका श्रेष्ठ जलविद्युत क्षेत्रमा दख्खल राख्ने व्यक्तिका रूपमा परिचित छन्। विभिन्न जलविद्युत आयोजनामा परियोजना व्यवस्थापकको रूपमा कार्य गर्दै सफलतापूर्वक आयोजना सम्पन्न गराउन उनले भूमिका निर्वाह गरेका छन्। गीत–संगीतमा समेत रुचि राख्ने श्रेष्ठ पछिल्लो समय गायक तथा इञ्जिनियर दुवै पहिचानले चिनिँदै आएका छन्। रास्वपामा आबद्ध हुनु अघि उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका थिए।

यसपटक प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिरिजङ्गा गाउँपालिकाबाट उम्मेदवारहरूको संख्या बढी देखिएको छ। नेपाली कांग्रेसबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा माओवादी केन्द्रबाट खेलप्रसाद बुढाक्षेत्री (पराग) र श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार बन्ने चर्चा छ। नेकपा एमालेले समेत विभिन्न नेताहरू सिफारिस गरेपनि उम्मेदवार टुङ्गो लाग्न बाँकी रहेको छ।

  • Related Posts

    झापा ४ मा घण्टीको फराकिलो अग्रता

    झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…

    झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

    झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न