कुलमान, रवि र बालेन मिल्न तयार, प्रधानमन्त्रीमा अड्कियो कुरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन साहबीच चुनावी सहकार्यबारे सहमति जुटे पनि आलोपालो प्रधानमन्त्रीमा कुरा नमिलेको बुझिएको छ ।

केही दिनयता तीन नेताबीच निरन्तर संवाद भैरहेकोमा प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने विषयले टुंगो पाउन नसकेको बताइन्छ । भनिएअनुसार बालेन र रविबीच आलोपालो प्रधानमन्त्रीको भागबण्डामा मोटामोटी सहमति भए पनि पहिलो कार्यकाल कसले खाने भन्नेमा गाँठो परेको छ ।

अहिले बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित निवासमा रवि र बालेनबीच छलफल जारी छ । निर्णायक भनिएको छलफलमा एक जनालाई भावी प्रधानमन्त्रीमा अघि सारेर जानेगरी सहमतिको प्रयास भइसकेको बुझिएको छ । भरे-भोलिसम्म सहमति जुट्न सक्ने विश्वस्त स्रोतले जानकारी दियो ।

‘अहिलेसम्मको संवादको आधारमा भरे-भोलिसम्म एउटा ठोस सहमति हुन्छ’, स्रोतले भन्यो, ‘हिजोदेखि सबै एउटै ठाउँमा उभिनेगरी छलफल भइरहेको छ, तीन जनामध्ये कसलाई अघि सार्ने कुरामा निर्णय हुन बाँकी छ, एउटै चुनाव चिन्हबाट चुनावमा जाने कुरामा चैं माेटामाेटी सहमति भएकाे छ ।’

स्रोतका अनुसार रास्वपा सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको कारण देउखाउँदै कुलमानले भावी प्रधानमन्त्रीमा आफू उपयुक्त पात्र भएको दावी गरिरहेका छन् । बालेन पनि तत्कालको अवस्थामा लामिछानेलाई प्रधानमन्त्रीमा अघि सार्न नसकिनेमा प्रष्टै छन् तर कुलमानलाई पनि समर्थन जनाएका छैनन् ।

‘जेनजी मेरो साथमा छन् भन्ने कुलमानको कुरा छ’, स्रोतले थप्यो, ‘रविजीको चैं पार्टी संगठन बलियो भएको कारण मलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने आसय बुझिन्छ ।’

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु