ताप्लेजुङ प्रतिनिधि सभा निर्वाचन : रास्वपाबाट वीरेन्द्र श्रेष्ठ प्रत्यक्ष उम्मेदवार घाेषणा आफ्नै जन्म घर सीनाम पञ्चमी बाट

  1.  राज याक्खा, ताप्लेजुङ् 

ताप्लेजुङमा आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्। रास्वपाको शनिबार बसेको जिल्ला बैठकले श्रेष्ठलाई प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको थियो।

आज आइतबार सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनाम पञ्चमीमा आयोजित कार्यक्रममार्फत श्रेष्ठको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेएको हो। पञ्चमी बजार श्रेष्ठको पुर्ख्यौली गाउँसमेत भएकाले त्यहीँबाट रास्वपाले उम्मेदवारी घोषणा तथा निर्वाचन प्रचार अभियानको सुरुवात गरेको हो।

इञ्जिनियर पृष्ठभूमिका श्रेष्ठ जलविद्युत क्षेत्रमा दख्खल राख्ने व्यक्तिका रूपमा परिचित छन्। विभिन्न जलविद्युत आयोजनामा परियोजना व्यवस्थापकको रूपमा कार्य गर्दै सफलतापूर्वक आयोजना सम्पन्न गराउन उनले भूमिका निर्वाह गरेका छन्। गीत–संगीतमा समेत रुचि राख्ने श्रेष्ठ पछिल्लो समय गायक तथा इञ्जिनियर दुवै पहिचानले चिनिँदै आएका छन्। रास्वपामा आबद्ध हुनु अघि उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका थिए।

यसपटक प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिरिजङ्गा गाउँपालिकाबाट उम्मेदवारहरूको संख्या बढी देखिएको छ। नेपाली कांग्रेसबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा माओवादी केन्द्रबाट खेलप्रसाद बुढाक्षेत्री (पराग) र श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार बन्ने चर्चा छ। नेकपा एमालेले समेत विभिन्न नेताहरू सिफारिस गरेपनि उम्मेदवार टुङ्गो लाग्न बाँकी रहेको छ।

  • Related Posts

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु