आलोचना आत्माआलोचना गर्नु पार्टी संगठन सुदृढीकरणको महत्त्वपूर्ण पक्ष हुन- अध्यक्ष कामी

 आमूल परिवर्तन नागरिक पार्टीको सचिवालय तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक सम्पन्न भएको छ।

बैठकमा पार्टी एकता पछिको ६ महिनाको कार्यको उपलब्धि र आगामी रणनीति बारे समिक्षात्मक राजनीति प्रतिबेदन माथि बृहत्  छलफल र समिक्षा गर्दै, पार्टी एकतालाई वैधानिकता दिनका लागि  महत्वपूर्ण निर्णयहरू गरेका छ ।

जस अन्तर्गत मिति २०८१ साल भाद्र १० गते, ललितपुर स्थित सिद्धार्थ कटेज धोबिघाटमा आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टी बीच भएको पार्टी एकताको पृष्ठभूमिबाट बनेको आमूल परिवर्तन नागरिक पार्टीलाई निर्वाचन आयोगमा अपडेट गर्नका लागि एकीकृत पार्टीको घोषणापत्र, विधान र नियमावलीलाई अन्तिम रूप दिनका लागि पार्टीका वरिष्ठ नेता कमला हेमचुरी, उपाध्यक्ष बीआर लामा, उपमहासचिव नरेश क्षितिज र सचिव सोम आलेलाई यहि चैत १५ भित्र सम्पन्न गर्नको लागि जिम्मेवारी दिइएको पार्टी अध्यक्ष दलमर्दन कामीले बताउनुभयो।

 चैत महिनाको तेस्रो हप्ताभित्र “आमूल परिवर्तन रिपब्लिकन पार्टी” र “संयुक्त नागरिक पार्टी” बीचको पार्टी एकतालाई निर्वाचन आयोगमा अपडेट गर्ने तथा अन्य विभिन्न विषयहरूमा बैठकले निर्णय गरेको पार्टीको अध्यक्ष भरत गिरिले बताउनुभयो।

बैठकमा उपस्थिति सम्पूर्ण नेता साथीहरूले पार्टी नेतृत्वलाइ एकताबद्द ,बलियो र जनमुखी बनाउन खबरदारी सहितको महत्त्वपूर्ण सुझाव सहित आफ्नो  सशक्त भनाइहरु प्रस्तुत गर्नु भएको थियो साथै सबै नेतृत्व गणलाई धन्यवाद यो नै लोकतान्त्रको बलियो आधार हो। नेताकार्यकर्ता बीच आलोचना आत्माआलोचना गर्नु पार्टी संगठन सुदृढीकरणको महत्त्वपूर्ण पक्ष रहेको अध्यक्ष कामी बताउछन ।

Oplus_131072

हामी सबै नेताकार्यकर्ता जिम्मेवार र कर्मठ बने पार्टी बलियो हुनेछ । नेतृत्व मालिक हैन सेवक हुन जरुरी छ । नेताकार्यकर्ता इमानदार जुझारु कर्मठ बने पार्टी बलियो हुन्छ, जब पार्टी बलियो बन्छ तब जनताको विश्वास जितेर देशको नेतृत्व गर्दै देशलाई समृद्ध बनाउन सक्षम हुने पार्टी महासचिव प्रेम कार्कीले बताउनु भयो ।

बैठकको निर्णयहरु पार्टी उपमहासचिव नरेश क्षितिजले पढेर सुनाउनु भएको थियो।निर्णयहरु यश प्रकार छन:-

आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टीबीचको एकता प्रकृयालाई अन्तिम रूप दिन र टुङ्‌ग्याउन अविलम्ब नियमावली, घोषणा पत्र, विधान तयार गरि निर्वाचन आयोगमा अध्यावधिक गराउने निर्णय गरियो दुई पार्टीबीचको पूर्व सहमति (सम्झौता) बमोजिन अगाडी बढ्ते सर्वसहम्मत निर्णय गरियो।

 विधान,घोषणापत्र नियमावली तयारी समितिले चैत्र १५ गते भित्र दस्तावेज तयार गर्न समय सीमा निर्धारण गरिएको छ। जस अनुसार दस्तावेज तयारी समितिले समयभित्र दस्तावेज़ ल्याएर भईसकेपछि गरिसकेपछि एकताका लागि चैत्र तेस्रो हप्ताभित्र दुवै दलको सम्झौता सहित निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरियो।

  • Related Posts

    झापा ४ मा घण्टीको फराकिलो अग्रता

    झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…

    झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

    झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?