नेविसंघले अहिलेसम्म बोलेको कुरा पुरा गरेको छ सभापति डुजाङ शेर्पा

 नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेविसंघले स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले अहिलेसम्म बोलेको कुरा पुरा गरेको बताए ।

उनले नेविसंघ विगतमा पनि विद्यार्थीहरुको माग, मुद्दा र समस्यामा केन्द्रीत रहेको र भविष्यमा पनि विद्यार्थीको हक हितमै लाग्ने बताए । विगतमा पनि विद्यार्थीहरुले माया गरेर नेविसंघलाई सबैभन्दा ठूलो विद्यार्थी संगठन बनाइदिएको भन्दै उनले आगमी चैत ५ गतेको निर्वाचनमा नेविसंघलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरे । उनले विद्यार्थीहरुको भरोसाको रुपमा नेविसंघ रहेको पनि बताए ।

‘तपाईँहरुले हिजो हामीलाई माया गरेर सबैभन्दा ठूलो विद्यार्थी संगठनको रुपमा स्थापित गराउनुभयो । १ सय ३२ वटा क्याम्पसमा नेविसंघले हिजोको दिनमा स्ववियु सभापति विजयी भएको थियो । अब २ सय वटा क्याम्पसमा स्ववियु निर्वाचनमा नेविसंघको झण्डा फहराउने भन्ने आशा र विस्वासको साथ म सम्पूर्ण विद्यार्थी साथीहरुलाई तपाईँहरुको साथमा नेविसंघ छ । तपाईँको दुःखमा नेपाल विद्यार्थी संघ छ । रोजगारको सिलसिलामा नेपाल विद्यार्थी संघ छ । क्लास रुप, ल्याब, लाइब्रेरीको कुरामा नेपाल विद्यार्थी संघ छ । तपाईँलाई कुनै पनि अन्याय र अत्याचारमा नेपाल विद्यार्थी संघ छ,’– उनले भने ।

  • Related Posts

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु