समाजवादी मोर्चाद्वारा आव्हान गरिएको जनसभामा एपि नागरिक पार्टीले समर्थन सहित एक्यवद्धता

काठमाडौँ-यहि २०८१ चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चा, नेपालले काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्दैछ l उक्त कार्यक्रममा सहभागी बन्न अग्रगामी सबै शक्तिलाई आव्हान गर्दै आमूल परिवर्तन नागरिक पार्टीले एक विज्ञप्ति प्रकाशित गरेको छ l

आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दनकामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ : २०८१ चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चाद्वारा आव्हान गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीले समर्थन सहित एक्यवद्धता जनाउँदै, सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षतावादी शक्तिहरूलाई कार्यक्रममा उपस्थितिभइ सफलताका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछ, भनिएको छ l

सोही प्रेस विज्ञप्तिमा उल्लेख छ : यथास्थितिवादी र प्रतिगमनकारी तत्वहरू सक्रिय हुनथालेका छन् । आम उत्पीडित जनताको संघर्ष र २० औं हजारौंको बलिदानबाट प्राप्त संविधान र अधिकारलाई कमजोर पारेर जनताको अधिकार हत्याउन खोज्ने यस्ता प्रतिगमनकारी तत्वहरूको कुचेष्ठा र सडयंत्र विरुद्ध संघर्ष गर्नु आम दिदीबहिनी दाजुभाइको कर्तव्य हो।

नेपालको राजनीति इतिहासमा पटकपटक २०औं हजार शहीदहरूको त्याग ,तपस्या ,बलिदान र आन्दोलनहरूले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक समावेशीता सहितको संवैधानिक अधिकार स्थापनामा भएको हो । सत्ता र शक्तिको आडमा सरकारमा पुगेका केही लोभिपापी एकाधिकारवादी यथास्थितिवादी र त्यसका पक्षपातीहरूको नालायकी कुशासन र जनविरोधी क्रियाकलापका कारण जनतामा असन्तोष र आक्रोश बढ्दै गएको देखेपछि, प्रतिक्रियावादीहरू सलबलाउनु र शक्तिशाली बन्दै जानु दुर्भाग्यपूर्ण भएको छ जसको क्रियाकलापले पछिल्लो वर्तमान परिस्थिति गणतन्त्रको रक्षा र देशको समृद्धिका लागि ठूलो चुनौती बढीरहेको सबैमा जगजाहेर छ । यसर्थ चैत १५ गते समाजवादी मोर्चा, नेपाल र अन्य सम्बद्ध दलहरूले गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको रक्षार्थ गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट समर्थन र एक्यवद्धता गर्दै, आमूल परिवर्तन नागरिक पार्टीले सम्पुर्ण न्याय प्रेमी, देशभक्त र गणतन्त्रका पक्षधर शक्तिहरूलाई यस सभामा सहभागी हुन हार्दिक अनुरोध गर्दछ ।

आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा जारी प्रेस विज्ञप्ति :

  • Related Posts

    झापा ४ मा घण्टीको फराकिलो अग्रता

    झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…

    झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

    झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न