गणतन्त्रको विकल्प सुधारात्मक गणतन्त्र नै हाे : अविन मेन्याङ्गवो

गणतन्त्र भनेको यस्तो शासन व्यवस्था हो, जहाँ तपाईं, म अर्थात् हामी स्वतन्त्र रूपमा बोल्न, लेख्न, गाउन, हाँस्न, विरोध गर्न सक्छौँ। यो व्यवस्था हाम्रो मौलिक अधिकारको सुनिश्चितता हो । तर किन अहिले गणतन्त्रलाई पेचिलो, भारिलो वा असफल देखाउन खोजिएको छ ।यसको प्रमुख कारण केपी ओली नेतृत्वको सरकारको तानाशाही प्रवृत्ति नै हो ।

ओलीको सरकारमा, सरकारको आलोचना गर्नेहरू कुटिन्छन्, थुनिन्छन्, निगरानी गरिन्छ। यो लोकतान्त्रिक गणतान्त्रिक अभ्यास होइन। ओली मूलतः अधिनायकवादी प्रवृत्तिका व्यक्ति हुन्, जसको असली चाहना गणतन्त्रलाई असफल बनाएर पुनः राजसंस्थालाई फर्काउने हो। यो आरोप मात्र होइन, तथ्य हो। कुनै बेला उनले “गोरुगाडा चढेर अमेरिका पुगिन्छ र?” भन्ने अभिव्यक्ति दिएका थिए। यसको अर्थ, उनी आधुनिक लोकतान्त्रिक प्रणालीमा विश्वास नगर्ने, समाजलाई पछाडि फर्काउन चाहने व्यक्ति हुन्। बाहिरबाट उनले आफूलाई गणतन्त्रवादी देखाए पनि भित्रभित्रै उनी राजसंस्थाका समर्थक हुन्।

साँचो गणतन्त्रवादी को?

यदि कसैलाई साँचो गणतन्त्रवादी भन्नुपर्छ भने त्यो प्रचण्ड नै हुन्। किनकि, प्रचण्ड नेतृत्वविना संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता केही पनि रहँदैन। नेपाली कांग्रेस आफैं पनि पूर्ण रूपमा गणतन्त्रवादी छैन।

संघीयता र गणतन्त्रको वास्तविक मर्म के हो ?

माओवादी जनयुद्धकालमै गणतन्त्र, लोकतन्त्र, संघीयता, समानता, स्वतन्त्रता जस्ता मूल्यहरूको परिकल्पना गरिसकेको थियो। माओवादीले परिकल्पना गरेको संघीयता भनेको:

प्रदेश र स्थानीय तहलाई पूर्ण स्वायत्त बनाउने।

संघले सेना परिचालनबाहेक अन्य कुनै पनि कुरामा हस्तक्षेप नगर्नेविकासमा प्रतिस्पर्धा गराउने, कर संकलनदेखि निर्णय प्रक्रियासम्म प्रदेश र स्थानीय तहलाई स्वायत्त बनाउने।तर आज वास्तविकता ठीक उल्टो छ। प्रदेशहरू संघीयताको नाम मात्र बोकेको छ, अधिकार छैन। अहिलेको गणतन्त्र भ्रष्ट नेताहरूको स्वार्थपूर्तिको औजार बन्दै गएको छ।

इतिहासलाई फर्केर हेर्दा राजतन्त्र कस्तो थियो ?

राजाको पालामा शासन वंशाणुगत हुन्थ्यो । राजाले चाहेको व्यक्तिले मात्र अवसर पाउँथ्यो । राजा र दरबारका विरुद्ध आवाज उठाउनु अपराध थियो । जसले विरोध गर्थ्यो, उसलाई मारिन्थ्यो वा बेपत्ता पारिन्थ्यो। आम नागरिक शिक्षाबाट वञ्चित थिए, स्वास्थ्य सुविधाबाट वञ्चित थिए। राजतन्त्रले सर्वसाधारणलाई सधैं शोषण मात्र गर्‍यो ।

तर, आज केही पुराना दरबारीहरू, जसको शक्ति गणतन्त्रले खोसिदियो, उनीहरू बौलाएर “राजसंस्था चाहियो” भन्दैछन्। दुर्गा प्रसाईँ र राजेन्द्र लिङ्देन जस्ता व्यक्तिहरू मासु, भात, पेट्रोल बाँडेर जनतालाई भ्रमित पार्न खोजिरहेका छन्। हाम्रो देशका केही जनता यस्ता नेताहरूको पछि लागेर फेरि भेडा बन्न खोज्दैछन्।

अब के गर्ने त ?

गणतन्त्रको विकल्प राजतन्त्र होइन, बरु सुधारिएको गणतन्त्र हो। यो देशमा गणतन्त्र चाहिन्छ, तर यसलाई सही तरिकाले लागू गर्न जरुरी छ।
अब भ्रष्ट नेताहरू सुधारिनुपर्छ।

यदि नेताहरू सुध्रिँदैनन् भने तिनको विकल्प खोज्नुपर्छ।व्यवस्थाको विरोध गर्नु हुँदैन, तर नेतृत्वको विरोध गर्नुपर्छ।नयाँ पुस्ताले सचेत भएर सही परिवर्तन ल्याउनुपर्छ।

निष्कर्ष :गणतन्त्र आजको आवश्यक व्यवस्था हो। वीर शहीदहरूको बलिदानले ल्याएको यो व्यवस्थालाई बलियो बनाउन नेताहरू सुधारिनु पर्छ। यदि नेताहरू सुध्रिएनन् भने हामीले तिनको विकल्प खोज्नुपर्छ। तर, राजतन्त्रको नाममा देशलाई फेरी पछि धकेल्न पाइँदैन।

जय गणतन्त्र !

वीर शहीदहरू अमर रहून्!

  • Related Posts

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?

    नेपालको न्यायपालिका देशको लोकतन्त्रको एक महत्वपूर्ण स्तम्भ हो, जसले न्यायको वितरण र मानव अधिकारहरूको सुरक्षा गर्नमा प्रमुख भूमिका खेल्छ। यसको इतिहासदेखि आजसम्मको यात्रा, जनताको विश्वास र न्यायप्रति गहिरो आस्था रहेको…

    समालिङ्गी बिबाह अभिसाप हो-दल मर्दन कामी

    नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता, स्वतन्त्रता र गैर–भेदभावको अधिकार दिएको छ। संविधानको धारा १८ मा स्पष्ट रूपमा भनिएको छ-“राज्यले कुनै पनि व्यक्तिको जात, धर्म, लिङ्ग, यौन झुकाव आदिका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो