तमु ल्होसारको महत्त्व र किन मनाइन्छ यो पर्व?

गुरुङ्ग समूदायको नयाँ वर्ष

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् ।

यो वर्ष चाँही सर्प वर्ग (सप्री- ल्हो) को वर्ष रहने तमु पात्रोअनुसार, तमु ल्होसार २०८१ साल सर्प वर्ग (सप्री- ल्हो) को वर्ष हो । गुरुङ समुदायमा १२ वर्ग (ल्हो) रहेका छन्, र हरेक वर्ष एउटा ल्हो परिवर्तन हुने परम्परा छ। यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाउँदै तमु ल्होसार विशेष सांस्कृतिक कार्यक्रम, भोज, नाचगान, र परम्परागत रीतिरिवाजका साथ उल्लासपूर्वक मनाइन्छ।

पुष १५ गते (डिसेम्बर ३०, २०२४) तमु ल्होसार २०८१ पर्नेछ

हरेक वर्षझैं यस वर्ष पनि (सप्री- ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह-दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ ।

विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति/धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् ।

अब तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।

बहादुरी र तमु समुदाय

विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व युद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।

मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाइ गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् ।

पश्चिमतर्फ हानेको धनुकाँडले गएको ‘ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ‘ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।

तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एकदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो-हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ ।

छागंकोल

प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ

बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र

ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सीआदि पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल अनि मासुको स्वादले नेपालीपनको अद्भूत आनन्द दिन्छ, हैन र ? जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकता अनि रोचकतालाई अझै रसिक बनाउँदछ ।

स्यो कँ

स्योकैं तमु ल्होसारका दिन गुरुङ समुदायमा

खाइने विशेष प्रकारको परिकार हो जस्मा एउटा मात्र खाना नभईकन बिभिन्न प्रकारका खानाहरु तर समुहमा पैसा उठाएर बनाउने चलन हुन्छ । यसभित्र मासु भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् ।

स्योकैं को अर्थ नेपाली संगै बसेर खानु भन्ने लाग्दछ । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैं खाने गरिएको हो । यी बाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिंगा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिन्छ ।

किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं

देखि सक्षम छ । बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने । यस समूदायले आज विशेष हर्षका साथ अाफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो नयाँ वर्ष को हामी सबैलाई शुभकामना ! “हे! तमु मै तमु

ल्होसार खै मु … रमाइलो तमु ल्होसार !”

स्मरण रहोस् आजको यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ । काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी अनि पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ ।

आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याएको हामीमध्ये सबैले देखेका छौ । आज यसरी झुण्ड्याइने यस्ता झण्डा अनि त्यसमा कूदिएका मन्त्रहरु लगायत ति झण्डालाई फर्रर हल्लाउने हिमाली वतासहरुले हामी सबैको वर्षभरि कल्याण गरुन् ।

देश विदेशमा रहनुभएका सम्पूर्ण तमु दाजुभाई तथा दिदिवहिनीहरुलाई आज हाम्रो पात्रोले न्यानो सम्झना सहितको शुभकामना व्यक्त गर्दछ । तमु ल्होसारको शुभकामना ।

  • Related Posts

    समालिङ्गी बिबाह अभिसाप हो-दल मर्दन कामी

    नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता, स्वतन्त्रता र गैर–भेदभावको अधिकार दिएको छ। संविधानको धारा १८ मा स्पष्ट रूपमा भनिएको छ-“राज्यले कुनै पनि व्यक्तिको जात, धर्म, लिङ्ग, यौन झुकाव आदिका…

    ख्रिष्टको बलिदान र मुक्ति यात्राको सम्झना-दल मर्दन कामी

    आज “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” / येशु ख्रिष्टको बलिदान र मुक्ति यात्राको सम्झना । आजको दिन, असल शुक्रबार, सम्पूर्ण ख्रिष्टियन समुदायका लागि मात्र होइन, सबै मानवतावादी विचार बोकेका प्रत्येक…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न