प्रधानमन्त्रीको अभिव्यक्ति लिखित रुपमा भए पनि प्रधानमन्त्रीले नै सच्याउनु पर्छ : हर्क साम्पाङ

काठमाडौं  – श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद राईले नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लिखित रुपमा भए पनि प्रधानमन्त्रीले नै सच्याउनु पर्ने बताए ।

सांसद राईले आफूले दिएको अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउन नभ्याए लिखत पठाएर परराष्ट्रमन्त्रीबाट सच्याउन सक्ने बताए । यसो गरिए आफूहरु समेत मान्न तयार हुने बताउँदै एक जनाले बोलेको कुरा अर्को मान्छेले सच्याएर नहुने बताए । कसैले विधि नमान्ने, कसैले सँस्कार नमान्ने देखिएको बताउँदै सांसद राईले प्रश्न गरे, ‘हाम्रो संविधान असफल हो कि हाम्रो कानुन असफल हो ?’ उनले थप प्रश्न गरे, ‘हामी असफल हो कि हाम्रो व्यवहार असफल ।’

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु