समालिङ्गी बिबाह अभिसाप हो-दल मर्दन कामी

नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता, स्वतन्त्रता र गैर–भेदभावको अधिकार दिएको छ। संविधानको धारा १८ मा स्पष्ट रूपमा भनिएको छ-“राज्यले कुनै पनि व्यक्तिको जात, धर्म, लिङ्ग, यौन झुकाव आदिका आधारमा विभेद गर्न सक्दैन।”

यसले समलिङ्गी समुदायलाई पनि मौलिक हक प्रत्याभूत गरे जस्तो देखिए तापनि विवाह सम्बन्धी कानुनी व्यवस्था अझै पनि विषमलैङ्गी (पुरुष–महिला) सम्बन्धमा मात्र सीमित छ। यही कानुनी अस्पष्टताका कारण समलिङ्गी जोडीहरूले विवाह दर्ता गर्न नपाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।

नेपालमा पछिल्ला केही वर्षयता समलिङ्गी विवाहको विषयमा बहस चर्किरहेको छ। कसैले यसलाई व्यक्तिगत अधिकारको कुरा मान्छन् भने कसैले यो सामाजिक, धार्मिक र पारिवारिक संरचना विरुद्धको चुनौतीका रूपमा हेर्ने गरिएको पाइन्छ मैले लेख लेख्दै गर्दा समाजमा द्वन्द्व फैलाउने उद्देश्यले होइन,तर मानवीय विवेक, सन्तुलन र यथार्थका पक्षमा लेखिरहेको छु ।

नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता हकहित र अधिकार सबै प्रकारको भेदभावको अन्त्य र समान हक दिएको छ। तर विवाहसम्बन्धी कानुनी अधिकार भने अझै पनि पुरुष र महिलाबीचको सम्बन्धमा मात्र सीमित छ। सोही  कारण नेपालका केही समलिङ्गी भनिएका जोडीहरूले आफ्नो विवाहित सम्बन्धलाई कानुनी मान्यता दर्ता गर्न नपाएको गुनासो गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् सो मुद्दा बिचारधीन अवस्थामा छ ।

समलिङ्गी सम्बन्धलाई नेपाली समाजमा अझै पनि धेरैले सहज रूपमा स्वीकार गर्न सक्दैनन्। पारिवारिक, धार्मिक र सांस्कृतिक मान्यताहरू अझै पनि पुरुष–महिला बीचको सम्बन्धलाई मात्र स्वाभाविक विवाह ठान्छन्।

दक्षिण एसिया भित्रको हाम्रो देश नेपाल आध्यात्मिक चिन्तन बाट सञ्चालित छभन्दा फरक पर्दैन जहाँ संवैधानिक रूपमा दस वटा धर्ममा आस्थावान् मानिस छौ । यी दस धर्ममा आधारित मान्यताले विवाहलाई जीवनको पवित्र बन्धन, सन्तान उत्पत्ति र सृष्टिको निरन्तरता सँग जोडिएको मानिन्छ। तर समलिङ्गी सम्बन्ध विवाहलाई धार्मिक दृष्टिले अस्वाभाविक र अनैतिक मानिने प्रचलन छ। नेपालजस्तो धार्मिक मूल्यमा आधारित समाजमा यो विषय सहज छैन।

मानव जीवनका विविध आयामहरूमा यौनिक झुकाव र यौन सम्बन्धमा विविधता हुनु स्वाभाविक अवस्था हो भन्ने कुरा वैज्ञानिक अनुसन्धान र मानव अधिकारका सिद्धान्तहरूले पुष्टि गरेको भएता पनि यौनिक विविधताको नाममा विवाह जस्तो गहिरो सामाजिक, सांस्कृतिक र धार्मिक संरचना रूपान्तरण गर्न सकिन्छ भन्ने धारणा सहज र एकपक्षीय निष्कर्ष निकाल्नु गलत छ ।

मानवीय व्यक्तिगत स्वभावैले विवाह केवल व्यक्तिगत इच्छामा आधारित अधिकार मात्र नभई, समाजको सन्तुलन, सन्तानको अधिकार, र नैतिक मूल्यहरूको आधार स्तम्भ हो। त्यसैले समलिङ्गी विवाहलाई कानुनी मान्यताको संस्थामा परिवर्तन गर्नु अघि,समाज र राष्ट्रमा यसको दीर्घकालीन सामाजिक, मानसिक र सांस्कृतिक प्रभावबारे बृहत् बहस, छलफल, अध्ययन,र चिन्तन गर्नु आवश्यक छ। अन्यथा, अधिकारको नाममा गरिने हतारोले मानव समाजको मौलिक स्वरूपमा अस्थिरता ल्याउने खतरा रहन्छ।

अहिले समाजमा एउटा भ्रम के फैल्याइरहेका छनभने तेस्रोलिङ्गी (Third Gender) र समलिङ्गी (Same-Sex) व्यक्ति एउटै हुन् सबैलाई स्वतन्त्रता हुनुपर्छ यो मानवअधिकार हो कसैले हनन गर्नु हुन्नभन्ने जस्ता तर्क जबरजस्त भ्रमपूर्ण भाष्य ल्याइएको छ । तर यो धारणा जबरजस्त ल्याइएको छ यो भाष्य पूर्णरूपमा गलत छ । यस्तो भाष्यमा कोही पनि भ्रममा नपरौँ, र अरूलाई पनि भ्रममा नपारौँ।

तेस्रोलिङ्गी हुनु रहर हुँदै होइन यो एक प्राकृतिक अवस्था हो तेस्रोलिङ्गी जो व्यक्ति हो जन्मजात उ न त पूर्ण रूपमा पुरुष हुन्छन् न त पूर्ण रूपमा महिला। यो जैविक र यौनिक पहिचानसँग सम्बन्धित विषय हो, जसलाई सम्मान गर्नु र उनीहरूलाई समाजमा समान अवसर दिनु आवश्यक छ। यो मानव अधिकारको कुरासँग जोडिएको मुद्दा हो।

पछिल्लो समय समाजमा एउटा भ्रम फैलाइएको छ—समलिङ्गी विवाहलाई स्वाभाविक लिनुपर्छ र वैधानिकता दिनुपर्छ तर यो पूर्ण रूपमा गलत छ समलिङ्गी विवाह न त वैज्ञानिक छ, न त नैतिक छ , न त प्राकृतिक छ पूर्ण रूपमा स्वार्थ, भ्रम,अराजकता र प्राकृतिक मूल्यमान्यता विपरीत छ। जसले मानव समाजको मौलिक मूल्य, पारिवारिक अनुशासन र सन्तानको अधिकारमाथि प्रत्यक्ष असर पार्न सक्छ। यो  यौनिक अराजकता र अश्लीलताको पराकाष्ठाको विषय हो जसले सामाजिक संरचनालाई कमजोर बनाउँछ।

विवाह बन्धन विश्वमा मानव समाज वृद्धि र अनुशासित परिवारको एक आधार हो—जहाँ आमा, बुबा छोराछोरीको रूपमा सन्तान वृद्धि हुन्छन्। समलिङ्गी विवाहले यो प्राकृतिक संरचना भत्काउने काम गर्छ। यसलाई वैधानिकता वा समानता अधिकार ,मानवअधिकार भनेर प्रचार गर्नु मानवीय जीवन र परिवारमा आउने एक गम्भीर समस्या र भ्रम हो, जुनकुराले मानवीय जीवनमा नकारात्मक असर पार्न सक्नेछ ।

त्यसैले, समलिङ्गी विवाहको नाममा फैलाइएको भ्रम पूर्ण प्रचारप्रसारको निरुत्साहित र निस्तेज गर्नु सचेत मानवको आवश्यकता हो सचेत हरेक नागरिक र जिम्मेवार र अख्तियरवालाहरुले यस्ता विषयमा गम्भीरतापूर्वक सोच्न, विवेकपूर्ण निर्णय लिन र आफ्नो सांस्कृतिक, नैतिक र प्राकृतिक मूल्यको संरक्षण गर्न सचेत हुन जरुरी छ।

मानव समाज भित्र परिवार समाजको एउटा आधार हो। श्रीमान्–श्रीमतीको सम्बन्ध केवल प्रेममा नभई जिम्मेवारी, त्याग र परिपक्वतामा आधारित हुन्छ। बच्चा पाउनु भनेको इच्छाभन्दा पनि समाज र मानव अस्तित्वको निरन्तरतासँग जोडिएको विषय हो। समलिङ्गी विवाहले यी कुरामा गम्भीर प्रश्न उठाउँछ।

स्वतन्त्रताको नाममा अराजकता फैलाइनुहुन्न स्वतन्त्रता भनेको जे चाह्यो त्यही गर्ने छुट होइन। स्वतन्त्रता भित्र सामाजिक मूल्य मान्यता ,मर्यादा र कर्तव्य पनि हुन्छ। यदि हामीले विवाहलाई केवल व्यक्तिगत स्वतन्त्रता अधिकारको दृष्टिकोणबाट मात्रै हेर्ने होभने, समाजमा अनुशासनको खडेरी पर्न सक्छ।

त्यसैले आम मानव समाज सत्यताको पक्षमा प्रतिबद्ध रहन जरुरी छ मैले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने विषयमा अडिग हौँ हामीले सत्यका पक्षमा बोल्नुपर्ने बेला आएको छ। अतीतमा जस्तै हामीले देशमा भएको एकल सोच चिन्तन र कार्यशैलीको विरोध गरेका छौ अन्याय अत्याचार भ्रष्टाचार अमिनयताको विरोध गरेका छौ गर्दै छौ विगत र वर्तमानमा जसरी हामीले गलत परम्पराविरुद्ध आवाज उठायौँ, उठाउदैछौ आज पनि समाज विपरीत हुने तत्त्वहरूलाई सच्याउनै पर्छ। सही कुरा बोल्नु अहिलेको आवश्यकता हो।

यसर्थ समलिङ्गी विवाह केवल अधिकारको कुरा होइन, यो समाजको मूलभूत संरचना, धार्मिक विश्वास, र मानव अस्तित्वसँग जोडिएको गम्भीर विषय हो। त्यसैले, कुनै निर्णय गर्नु अघि दीर्घकालीन प्रभाव, वैज्ञानिक तथ्य, धार्मिक सत्यता र सामाजिक सन्तुलनलाई ध्यान दिन आवश्यक छ।

एउटा सत्य कुरा अश्लीलता र अराजकतालाई प्रशय दिनु मानवीय गुण हुदैहैन हामी सत्यका पक्षमा उठौँ, विवेक र नैतिकताका पक्षमा बोलौँ। सत्ता र शक्तिको अन्धकारपूर्ण अराजकतासामु कहिल्यै नझुकौँ। हामी मानवता, विवेक र नैतिक शिक्षाका आधारमा दृढ भएर उभिऔँ। समय आउँछ पर्खँदैन जहाँ मानव अधिकार, मानवीय मूल्य र व्यवहारमा आधारित यथार्थलाई अँगाल्छौँ त्यहाँ सत्य, न्याय र विवेकको पक्षमा निर्भीक आवाज विजय हुनेछ ।

अहिले यस्ता अराजकता भ्रष्ट र नैतिकहिनता विरुद्ध समाजमा सन्तुलन, सहिष्णुता र समृद्धिको बीजारोपण गर्न, हामी सबै मिलेर एक सचेत, निष्ठावान् र जिम्मेवार नागरिक बन्ने सङ्कल्प गरौँ। मौन बस्ने समय होइन।

बोल्ने हो, उठ्ने हो, र अघि बढ्ने हो।

सत्य, सद्गुण र सकारात्मक परिवर्तनको यात्रामा हाम्रो सानो चेतनाले ठूलो क्रान्ति ल्याउन सक्छ ढिला होला तर सत्यको कहिले हार हुँदैन ।

         लेखक:

    दलमर्दन कमी

(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)

  • Related Posts

    ख्रिष्टको बलिदान र मुक्ति यात्राको सम्झना-दल मर्दन कामी

    आज “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” / येशु ख्रिष्टको बलिदान र मुक्ति यात्राको सम्झना । आजको दिन, असल शुक्रबार, सम्पूर्ण ख्रिष्टियन समुदायका लागि मात्र होइन, सबै मानवतावादी विचार बोकेका प्रत्येक…

    गणतन्त्रको विकल्प सुधारात्मक गणतन्त्र नै हाे : अविन मेन्याङ्गवो

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न