ख्रिष्टको बलिदान र मुक्ति यात्राको सम्झना-दल मर्दन कामी

आज “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” / येशु ख्रिष्टको बलिदान र मुक्ति यात्राको सम्झना ।

आजको दिन, असल शुक्रबार, सम्पूर्ण ख्रिष्टियन समुदायका लागि मात्र होइन, सबै मानवतावादी विचार बोकेका प्रत्येक व्यक्तिका लागि यो अत्यन्तै महत्त्वपूर्ण एउटा गहिरो भावनाको बोलेको दिन हो। बिश्वका केही बाहेक मुलुक देखि बाहेक सबै देशमा मानिन्छन दुइ हजार बर्ष पहिला येशु ख्रिष्टले मानव जिवनमा उद्वार मुक्तिलाइ क्रुसमा टागिएर गरेको येशुख्रिष्टको महान बलिदान, उहाँको प्रेम, क्षमा र न्यायप्रतिको अद्वितीय दृष्टिकोणलाई सम्झिने दिन हो आज र त्यसरी मान्ने गरिएको छ ।

जब मैले मेरो व्यक्तिगत जीवन बाट करिब ३५ बर्ष देखी म व्यक्तिगत रूपमा अनुसरण गरे सो दिन बाट आजको दिनलाई केवल ऐतिहासिक घटनाको सम्झना मात्र होइन, जीवनको दिशानिर्देशक turning point को रूपमा सम्झन्छु। जब मैले उहाँको जीवनलाई अनुसरण गर्न थालेँ, मैले आफूभित्रको पीडा, जातीय विभेद, हिंसा, दमन र सामाजिक बहिष्कारबाट मुक्ति पाएको अनुभव गरेँको छु ,उहाँको शिक्षाबाट मैले स्वतन्त्रताको वास्तविक अर्थ बुझेँको छु।

त्यो स्वतन्त्रता जुन आत्माबाट सुरू हुन्छ, प्रेममा जीवन्त हुन्छ र न्यायमा पूर्णता पाउँछ।येशु ख्रिष्टको बलिदान केवल धार्मिक परम्पराको विषय होइन, यो त हरेक उत्पीडित, बहिष्कृत, अन्यायमा परेका मानिसका लागि आशाको सन्देश हो। उहाँले क्रुसमा टाँगिदा समेत “यी मानिसलाई क्षमा गर” भनेका थिए। यति गहिरो प्रेम र क्षमाको उदाहरण सायदै इतिहासमा कहिँ कतै पाइन्छभने उहामा मात्रै पाइन्छ ।

आज, म उहाँकै प्रेरणाले ओतप्रोत हुँदै समाज रुपान्तरण समाज र राष्ट्र राष्ट्रियताको समृद्धिको कदमहरूमा हिँड्दैछु—मुक्तिको सन्देश फैलाउने, न्यायको पक्षमा आवाज उठाउने, र प्रेम र मेलमिलाप जीवनको यात्रामा छु। येशु ख्रिष्टको बलिदानले देखाएको बाटो मेरो लागि उज्यालो मार्ग बनिरहेको छ म मात्रै हैन संसारमा उहालाई बिश्वास गर्ने हरेक मानवीय जिवनम पनि ।
आज गुडफ्राइडे असल शुक्रबार केवल येशुको मृत्युको सम्झना मात्रै होइन, मुक्ति र नयाँ जीवनको सुरुवात हो। येशु ख्रिष्टलाई प्रभु परमेश्वर मान्नेहरुको निम्ति उहाँको बलिदानले देखाएको मार्गमा हिँडनेहरुको निम्ति पाप बाट छटकारा उद्वार मुक्ति ,प्रेम , न्याय र साँचो स्वतन्त्रता यहाँ पाइन्छ भन्नेकुराको निश्चयता दिन्छ भने त्यो अनुभुतीको गहिरो अनुभव मैले स्वयं गरेको छु। र त्यसको प्रभावमा मैले म मेरो समुदाय सम्पुर्ण उत्पीडित नागरिक समाज र राष्ट्रमा भएको समस्या लाई मेरो व्यक्तिगत स्वार्थ भन्दा माथी राखेर सामाजिक राजनिती अभियानमा लागेको पनि हु ।

येशुख्रिष्टको जन्म लगभग २००० वर्षअघि बेतलेहेममा भएको मानिन्छ। येशुख्रिष्टलाई इसाईहरूले “परमेश्वरको पुत्र” र “उद्धारकर्ता”को रूपमा विश्वास गर्ने गरेका छ्नभने उहाँको जीवन, शिक्षाहरू, चमत्कारहरू, मृत्यु र पुनरुत्थान इसाई धर्मको आधारस्तम्भ हुनुहुन्छ यो संसारका ससाना देखि शक्तिशाली मुलुकहरुमा पनि मानिन्छ ।

यसरी येशुख्रिष्ट दया,भलाइ, करुणा,प्रेम, क्षमा र उद्वार र मुक्तिको सन्देश र हरेक मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न, पापबाट टाढा रहन र सबैप्रति प्रेम गर्न सिकाउदै अशक्त ,रोगी बिमारी , गरिब-दुखी , पीडित र उपेक्षितहरूलाई विशेष प्रेम गर्दै प्रेम गर्न सिकाउनु हुन्थ्यो भन्ने कुराको निस्चयत हो ।

आजकै दिन येशुको ख्रिष्टलाई मानिसहरुले उहाँका बिरोधिहरुले विभिन्न किसिमका कष्ट दिएर क्रुसमा झुन्ड्याईएको र उहाको मृत्युपछि चिहानमा गाडीयो तर उहाँ तेस्रो दिन आइतबार चिहान बाट उहाँ पुनर्जीवित हुनुभयो र उहाँ आफ्नो शिष्यमाझ देखा पर्नु भयो जुन दिनलाई इष्टर सन्डे मनाउने गरेका छ्न यसैगरी संसारमा इसाई धर्ममा येशुको पुनरुत्थानले मानिसहरूलाई अनन्त जीवन र पापको क्षमाको आशा दिएको विश्वास गरिन्छ। आज आज, येशुख्रिष्ट विश्वभरका मानिसहरूको निम्ति विश्वास र प्रेरणाका केन्द्र बन्नुभएको छ।

गुड फ्राइडेलाई इसाई धर्मावलम्बीहरुलाई आस्था र बिश्वास गर्न धर्मशास्त्र बाइबलले यसरी उजागर गर्दछ र हरेक वर्ष गुड फ्राइडे को दिन, इसाईहरूले उहाँले समस्त मानवजातिका लागि दिइसकेको महान् बलिदानलाई स्मरण र सम्मान गर्छन्। यहाँ बाइबलका केही महत्वपूर्ण पंक्तिहरूले यस घटनालाई उजागर गरेको धर्म शास्त्र बाइबलका केहि विशेषत कुराहरु निम्न रहेकाछ्न । गुड फ्राइडे/असल शुक्रबार माने केही केहिहरु :
१ पत्रुस२:२४ हामी पापको लेखि मरेर धार्मिकताको लेखि बाँचौ भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो । उहाँकै चोटहरूमा तिमीहरू निको भयौ । त्यस्तै बाइबलका केही पंक्ति, यशैया ५३:५ र रोमी ५:१–१० मा। यशैया ५३:५”तर उहाँ हाम्रा अपराधहरूको लागि घाइते हुनु भयो, हाम्रा अधर्महरूका लागि कुचालिनु भयो। हाम्रो शान्तिको दण्ड उहाँमाथि पर्यो, र उहाँका कोराले हामी निको भयौं।”
यसरी धर्मशास्त्र बाइबलमा यशैया भन्ने भविष्यवक्ताले येशु ख्रीष्टको आगमनभन्दा करिब तीन सय वर्ष अगाडि उहाँको दुःख र बलिदानको भविष्यवाणी गरेका थिए। जसले येशु उहाँ निर्दोष हुनुहुन्थ्यो, तर पापी मानिसहरुको निम्ति अपराध बोकेर घाइते हुनु भयो। उहाँले भोगेको पीडाबाट उहाँकोजन आत्मिक निको प्राप्त भएको छ। येशुको क्रूसको मार्ग र त्यसको उद्देश्य प्रस्ट पार्दछ।
यसैगरी बाइबल रोमी ५:१ देखि १० यसरी लेखिएको छ ।, यसैकारण बिश्वासबाट धर्मी ठहरिएका भएर, हाम्रा प्रभु येशू खीष्टद्वारा, हामी परमेश्वरमा मिलाप राखौं, २ जसद्वारा हामी स्थिर भएको यो अनुग्र‌ह्मा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ, र परमेश्वरको महिमाको आशामा हामी आनन्द गरौं । ३ औ यति मात्र होइन, तर सड्डष्टले धीरज उत्पन्न गराउँछ भनी जानेर, हामी सङ्कष्टहरूमा पनि आनन्दित होऔं, ४ औ धीरजले सदाचार, र सदाचारले आशा, ५ औ आशाले निराश गराउँदैन, किनभने हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ ।

६ किनकि हामी कमजोर हुँदा स्रीष्ट भक्तिहीनहरूका निम्ति ठीक समयमा मर्नुभयो, ७ किनभने भक्त कसैले आफ्नो मानिसको निम्ति ज्यान देला असल मानिसको निम्ति कसैले मर्ने आँट गरिहाल्ला । ८ तर परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, स्रीष्ट निम्ति मर्नुभयो । बढ़तागरी गर्नेछन् । यसकारण झन् उहाँको रगतले धर्मी ठहरिएको हुनाले, हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बाँच्नेछौं । १० किनकि यदि हामी शत्रु हुँदै, उहाँको पुत्रको मृत्युद्वारा हामीले परमेश्वरसित मिलाप पार्यो भने, त झन् बढ़तागरी मिलाप पाएका भएर हामीले उहाँको जीवनबाट उद्धार पाउनेछौं, ११ अनि यति मात्र होइन, तर हाम्रा प्रभु येशू खोटद्वारा, अब हामीले मिलाप पाएका हुनाले परमेश्वरमा आनन्द पनि गर्दछौं ।

यसरी इसाईहरुले आजको दिनलाई येशु ख्रीष्टको बलिदान केवल ऐतिहासिक घटना मात्रै हैन होइन, यो आज पनि जीवित र सजीव सत्य हो उहालाई बिश्वास गर्ने प्रत्येक मानिसका हृदयमा अनुभूत हुने शक्ति हो। उहाँलाई “मेरो प्रभु र मुक्तिदाता” भनेर स्वीकार गर्नु भनेको पापबाट मुक्ति, प्रेममा आधारित जीवन, र अनन्त आशा गर्नु हो। र “येशु ख्रीष्ट मेरो प्रभु र मुक्तिदाता हुनुहुन्छ।” उहाँमा विश्वासले अनन्त जीवनको ढोका खोल्दछ भन्ने कुराको निश्चयता साथ आज शुक्रबारको दिनलाइ संसारमा इशाइहरुले खुसीको दिनका रूपमा गुड फ्राइडे/ असल शुक्रबार दिनलाइ मनाइन्छ ।

दल मर्दन कामी

  • Related Posts

    समालिङ्गी बिबाह अभिसाप हो-दल मर्दन कामी

    नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता, स्वतन्त्रता र गैर–भेदभावको अधिकार दिएको छ। संविधानको धारा १८ मा स्पष्ट रूपमा भनिएको छ-“राज्यले कुनै पनि व्यक्तिको जात, धर्म, लिङ्ग, यौन झुकाव आदिका…

    गणतन्त्रको विकल्प सुधारात्मक गणतन्त्र नै हाे : अविन मेन्याङ्गवो

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न