देशमा आमूल परिवर्तनको दिशामा पुर्वराजा ज्ञानेद्र तयार भए सहकार्य गर्न तयार छौ -दल मर्दन कामी

काठमाडौं । नेपाली राजनितीका भुक्तभोगी एवम् उदयमान दुरदृष्टी नेता दलमर्दन कामीको नेतृत्वमा आज काठमाडौंमा खबरदारी सभा भएको छ ।कामी नेतृत्वको खबरदारी सभालाई एक्यवद्धता जनाउँदै समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए समाजमा ठूलो विखण्डन र देशलाई दीर्घकालिन् असर पार्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् । आज राजधानीको माईतिघर मण्डलामा आमूल परिवर्तन नागरिक पार्टीका समेत अध्यक्ष रहेका दलमर्दन कामीको नेतृत्वमा भएको खबरदारी कार्यक्रममा वक्ताहरुले अदालत प्रभावमा पारेर समलिङ्गी विवाहको गलत नजिर बसाएको आरोप लगाएका छन् ।

सो खबरदारी कार्यक्रममा डा.केबी रोकायाले नेपालमा समलिङ्गी विवाहले पूर्ण मान्यता पाए देश गम्भिर दुर्घटनामा पर्ने चेतावनी दिएका छन । रोकायाले धमाधम यसलाई कानुनि मान्यता दिँदै गर्दा काहीँ कतै छलफल नगरी ल्याईएकोप्रति रोष व्यक्त गरेका हुन । डा केबीले विश्वमा घटेकाले नेपाली समाज सुसूचित हुनुपर्नेमा समेत जोड दिए ।

नेपालमा विदेशीहरुले जबर्जजस्त लादेको बताउँदै भने,“रुसमा समलिङ्गी विवाह गरिए मृत्यूदण्ड दिने व्यवस्था रहेको छ, युगाण्डाले समलिङ्गी विवाह बिरोधी कानुन पास गरेपछि अमेरिकाले आर्थिक नाकाबन्दी लगयो, यूरोपियन यूनियनले सम्पूर्ण सयहयोग र बिश्व बैंकले ऋण बन्द गरे, अब भन्नुस यो एजेण्डा कसको हो ?” संसारमा २१० वटा राष्ट्रहरुमध्ये ३५ वटा देशहरुमा मात्रै यस किसिमको विवाहलाई मान्यता दिइएको र नेपाल एसियामै पहिलो राष्ट्र भएकोप्रति डा.रोकायाको चिन्ता व्यक्त गरे ।

आयोजक आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले आफूहरुले सामाजिक र प्रकृति विपरितको समलिङ्गी विवाहको विरोध गर्दै गर्दा स्वतन्त्रता विरोधी भएकोे आरोपको खण्डन गरे । पछिल्लो समय सर्बोच्च अदालतको एकल इजलासले त्यसलाई मान्यता दिएकोप्रति आक्रोष व्यक्त गर्दै कामीले भने,“अदालत कसको प्रभावमा परेर समाज र देश विरोधी फैसला गर्यो जनता जान्न चाहन्छ ।”

अदालत र सरकारमा बस्नेहरु कुन शक्तिको भरौटे हो ? यस्तो समाज भाँड्ने एजेण्डामा विक्न हुन्छ ? तपाईहरु कसको दबामा हुनुहुन्छ ?” कामिले थपे । सत्ता र सरकारमा बसेर जनपक्षिय भन्दा जनविरोधी कार्यलाई बढावा दिएको भन्दै अध्यक्ष कामीले प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागेका छन् ।

त्यसैगरी सो पार्टीक अर्का अध्यक्ष तथा प्रवक्ता भरत गिरीले नेपालीको आवाश्यकताले भन्दा पनि विदेशीको एजेण्डालाई आङ्गिकार गरेर समाजमा विखण्डन ल्याउने कार्य भएकाले खारेज हुनुपर्ने माग राखे । गिरीले बिस्तारै समलिङ्गी विवाहको विरुद्धमा समाज उठ्नेप्रति विश्वस्त रहेको बताए ।

नेकपा(एमाले)का युवा नेता प्रकाश रोकायाले देश र समाजलाई विकृत बनाउने यस विवाहको प्रावधानलाई ठूला भनिएका पार्टीहरुले पनि विरोध गर्नुपर्ने धारणा राख्दै भने,“यो एजेण्डा पश्चिमा शक्तिहरुको हो र यसमा ठूला नेता, कानुनविददेखि ठूला भनिएका मिडियासमेत प्रभावमा छन् ।”अधिवक्ता सन्दिपकुमार शाहीले समलिङ्गी विवाहसम्बन्धी सर्बोच्च अदालतको फैसला समाजलाई अपाच्य भएको र त्यसको विरुद्धमा अदालतमा मुद्धा परिसकेकोले पुनरावलोकन भएर आउने विश्वास लिए।

नागरिक सरोकार नेपालका कार्यकारी निदेर्शक डा.जोमेश वडले नेपालको जनसंख्या रित्याएर समाज र देश कमजोर बनाउने एजेण्डालाई कुनै पनि हालतमा खारेज गर्नु पर्ने धारणा राखे ।भ्रूणको आवाज नेपालकी अध्यक्ष सुसन कँुवर पौडेलले नेपालमा व्यापक मात्रामा भू्रँण हत्या भइरहेको दर्दनाक अवस्था रहँदै गर्दा समलिङ्गी विवाह जस्तो अप्राकृतिक र समाज विरोधी एजेण्डा आउनु दुःखत रहेको बताईन् ।

सुन्दर ढोका साथी सेवाका पुन्य प्रताप शाहले नेपाली समाजलाई केही कसैगरी खण्डित गर्न नसकेपछि अहिले विदेशीहरुले अदालातको बाटोहुँदै समलिङ्गी विवाह जस्तो गलत एजेण्डा घुसाएकोे ओरोप लगाए ।

आयोजक आमूल परिवर्तन नागरिक पार्टीका उप–महासचिव विदुर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ताः ठूला विकृति विरुद्ध माइतिघर मण्डलामा खबरदारी कार्यक्रम गरिएको थियो ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली