बजेट अभावले फिदिम खानेपानीको समस्या !

फिदिम, पाँचथर — फिदिम खानेपानी उपभोक्ता समितिले हाल वैकल्पिक पानीको स्रोतमार्फत पानी वितरण गरिरहेको छ। आप्तेवा खोला हुँदै आउने मुहानमा आएको बाढी र पहिरोले पाइपलाइनलाई क्षति पुर्याएपछि, उपभोक्ताहरूलाई पानीको अभाव भइरहेको छ।

फिदिम खानेपानीको लाइन अबरुद्ध भएको छ, जसका कारण अतिरिक्त खर्च बोक्नुपरेको र बजेटको अभावले समस्यामा थप गहिराइ आएको अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।

फिदिम नगरपालिका वडा नम्बर १, २ र ४ का २,६३३ घरधुरीलाई नौ स्थानका खोलाबाट पानी ल्याएर सेवा दिइँदैछ। तर, खोलाका स्रोतहरू सुक्न थालेपछि समस्या झन् गम्भीर हुँदै गएको छ।

अहिलेको ४ लाख ५० हजार लिटर क्षमताको रिजर्व ट्यांकीलाई २४ लाख ५० हजार लिटरमा विस्तार गर्ने योजना बनाइएको छ, र यसका लागि ३० लाख रुपैयाँमा १२ आना जग्गा किन्ने निर्णय भएको छ।

गत तिहारमा गरिएको देउसी भैलो कार्यक्रममा संकलित ८ लाख १९ हजार रकमले मुहान र जग्गा खरिदको प्रक्रिया अगाडि बढेको छ।

हालको कार्यसमितिले ७ वटा नयाँ मुहान थप गर्दै २४ घण्टा पानी वितरणको लागि परीक्षण गरिरहेको छ। १७ वर्षपछि बनेको नयाँ कार्यसमितिले पानीको महशुल पनि घटाएको छ।

फिदिम नगरमा पानी वितरणमा २,६३३ घरधुरीको आवश्यकता पूरा हुँदै आइरहेको

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना