इलामको तयारी चियामा अन्तर्राष्ट्रिय बजारको बढ्दो माग, उत्पादन भने घट्यो

इलाम – इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा दिन प्रतिदिन बढ्दै गएको छ। भारत, चीन, फ्रान्सलगायत विभिन्न देशहरूबाट माग आउने गरेको भए पनि यस वर्ष उत्पादनमा कमी भएको चिया व्यवसायीहरू बताउँछन्।

इलाम नगरपालिका–५ बिब्ल्याँटे निवासी चिया व्यवसायी शरद सुब्बाका अनुसार विदेशी व्यापारीले यस वर्ष दुई हजार किलो ‘स्पेसल टी’ माग गरेका थिए। तर उत्पादनमा कमीका कारण एक हजार पाँच सय किलो मात्र निर्यात गर्न सम्भव भएको उनले जनाएका छन्।

फिक्कलस्थित सिद्धिविनायक चिया उद्योगका सञ्चालक दिनेश अग्रवालले गुणस्तरीय चिया उत्पादनमा जोड दिँदै किसान र व्यवसायी मिलेर चिया गुणस्तर सुधार्न आवश्यक रहेको बताएका छन्। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग अझ बढ्न सक्ने उनको विश्वास छ।

तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्ल्याक’ र ‘ग्रीन टी’ गरी २० क्विन्टल चिया फ्रान्स निर्यात गरेको छ। त्यस्तै, ग्रीनहिल चिया उद्योगले आठ हजार किलो तयारी चिया भारत तथा तेस्रो मुलुकमा निर्यात गरेको जानकारी प्राप्त भएको छ। उद्योगका सञ्चालक टङ्क दाहालले गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेर ४०–४२ हजार किलोमा सिमित हुने अपेक्षा व्यक्त गरे।

झापाको मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड ३८ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। नेपालमा उत्पादित चियामध्ये १० प्रतिशत मुलुकभित्र खपत हुने गरेको र बाँकी चियाको प्रमुख बजार भारत तथा अन्य तेस्रो मुलुक रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जलवायु परिवर्तनले हरियो चियाको उत्पादनमा असर गरेको छ। इलाममा हाल ८,८७६ किसान चियाखेतीमा आश्रित छन् र जिल्लामा ७,२३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु