महान आज्ञा कार्यशाला गोष्टि, कोशी प्रदेश अध्यक्षमा रेभ.शमूएल तामाङ्ग

काँकरभिट्टा कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार २८ गते अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको मुख्य थिम नै “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर” भन्ने रहेकाले सबैले यस अर्गनाइजेसनको भिजनलाई साथ दिनुपर्ने संस्थाका निर्देशक रेभ.सिमसन तामाङ्गले बताउनु भयो ।

ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा भएको गोष्ठिमा अनाथ, असाहाय, असक्त बाल–बालिकाहरु माझ सेवा गर्ने उद्देश्यले नेपालमा स्थापना भएको निर्देशक तामाङ्गको भनाइ छ ।

कार्यक्रममा बाल–बालिका सम्बन्धि नेपालका कानूनी परामर्शदाता, बाल–मनोबैज्ञानिक तथा सामाजिक ब्यक्तित्वहरुबाट प्रशिक्षण लिएका थिए । संस्थाका निर्देशक तामाङ्गले दर्शन त्यसको कामबारे प्रस्ट्याएका थिए ।

मिसन बारे :

संस्थाको पहिलो र दोस्रो मिसन राखेका थिए । पहिलो मिसन भनेकोे ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनले देशमा रहेका अनाथ बाल–बालिकाहरुबीच प्रेम सहित सेवा पुर्याउनु हो भने दोस्रो मिसन अनाथ,असाहाय गरीब बाल–बालिकाहरुको आत्मिक, शारीरिक र भावनात्मक उपचारको पहल गर्नु हो ।

त्यसपछि काम गर्नेछ । अनाथ ,असाहाय र गरीब बाल–बालिकाहरुकोबीचमा घरमा आधारित हेरचाहको पहल गर्नेछ । जस्तै सडकमा रहेका बालबालिकाहरु, बुबा–आमा नभएका,समाजमा रहेका गरीब नानीहरुलाई घरमा आधारित हेरचाहको पहल गर्नेछ भने दोस्रो पहल संस्थाले शिक्षा क्षेत्रमा कामहरु गर्नेछ । कोहि गरीब परिवारमा आर्थिकका कारण पढाइप्रति बन्चित हुन नपरोस भनेर त्यस्ता बाल–बालिकाहरुलाई शिक्षा हासिल गर्नलाई आर्थिकको प्रवन्ध गर्नेछ । त्यसैगरी तेस्रो पहल अर्गनाइजेसनले पोषणको प्रवन्ध गर्ने छ । अनाथ बाल–बालिकाहरुलाई खाना तथा लत्ता–कपडाहरुको प्रवन्ध गर्ने गरेको छ ।

नेपालमा रहेका चर्चहरुसंग सहकार्य गर्दै महान आज्ञा कार्यशाला कार्यक्रमहरु बिभिन्न क्षेत्रमा आयोजना गर्नेछ । यो महान आज्ञा कार्यशालाचाहिँ प्रभूले दिनुभएको महान आज्ञासंग सम्बन्धित छ । आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, भन्नुभएको बचन आधारित रहेको बताउनु भयो ।

महान आज्ञा कार्यशाला गोष्ठिमा रेभ शमूएल तामाङ्गले धर्मशास्त्र बाइबल यशैया १:१७ भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ। वचन खण्डबाट आफ्नो सन्देश बाँड्दै “बुबा–आमा गुमाएका बाल–बालिकाहरुलाई अनाथ भनिने बताउनु भयो”। अनाथ र विधुवाहरुका लागि मण्डलीले के सोच्छन्? यो मनन गर्नु पर्ने रहेको र चर्चले यो जिम्मेवारी लिनु पर्छ।उनीहरूको वकालत गर्नु ,रक्षा गर्नु,सहयोगी बनिदिनु पर्ने बाइबलीय दृष्टिकोण हो।यसकारण दुःखमा परेका, असाहाय, अनाथ बाल बालिकाहरुलाई हेरचाह गर्न तपाई र मलाई परमेश्वरले बोलाउनु भएको हो । हामी बाइबल त पढ्छौं तर अनाथलाई बेवास्ता गर्छौ भने अझै परमेश्वरको चरित्र आएको छैन र हामी न्यायक भएको छैन भन्ने कुरा प्रष्ट हुन्छ। हामी सबैजना मिलेर उनीहरुको पक्षमा काम गरे ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो । त्यसैले जाग्रूपताकासाथ सबैको साथ सहयोगमा अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता प्रेम प्रसाद बिमलीले बाल–बालिका ऐन २०७५ सम्बन्धीत रहेर तयार भएको छ । बाल–बालिका समबन्धीत अधिकारलाई नेपालको संविधानको मौलिक अधिकारको रुपमा रहेको छ । प्रत्येक बाल–बालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुनेछ । प्रत्येक बाल–बालिकाहरुलाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद,मनोरञ्जन तथा सर्वाङ्गी बिकासको हक हुनेछ । बाल–बालिकालाई कुनैपनि जोखिमपूर्ण काम लगाउन पाइनेछैन । उनीहरुलाई कुनै पनि शारीरिक,मानसिक,यौनजन्य तथा कुनै पनि प्रकारको शोषण जस्ता अनुचित कार्य गर्न पाइने छैन । प्रत्येक बाल–बालिकालाई न्यायको हक हुनेछ । अपाङ्गता भएका उत्पीडित जोखिममा रहेका बाल–बालिकालाई राज्यबाट बिशेष संरक्षण गर्न पाउने हक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रशिक्षण दिने क्रममा पोषण विषेशज्ञ डा.गोबिन्द बहादुर गजमेरले कति बाल–बालिकाहरु आफ्नै परिवारबाट अपहेलित भएर हिंसात्मक वा अनाथ,एक्लोपन र बेवारिसे बन्न पुगेको बताउनुहुन्छ । बाल–बालिकाहरुलाई आफ्नो घरमा असल शिक्षा,प्रेम, सहानुभूति र सबैलाई एकै समानरुपमा हेर्नुपर्ने उनको भनाइ छ ।

प्राकृतिक प्रकोपका कारण भूकम्प, आँधी,ज्वालामुखी बिस्फोट, यूद्ध, बाढी–पहिरो, वा सुनामीका कारण एक्लिएका बाल–बालिकाहरुमा डर–त्रास, भावनात्क तथा शारीरिक कठिनाइहरु सामना गरिरहेका हुन्छन् । हामीले उनीहरुलाई नजिक गएर प्रेम, आत्मसम्मान साथै समस्याको समाधन गर्नुपर्ने हुन्छ । यस्ताहरुलाई प्रेम, सहाराको आवश्यकता रहेको गजमेरको भनाइ छ । यस्ता आघात अवस्थामा रहेका ब्यक्तिहरुलाई उपचारका लागि बाइबलीय आधारहरु पनि रहेको छ । परमेश्वर टुटेको हृदयको नजिक हुनुहुन्छ र हाम्रो दुःखमा सान्त्वना दिनुहुन्छ ।

यस महान आज्ञा कार्यशालाले कोशी प्रदेश कार्य समिति एक प्रशिक्षण कार्यक्रमकाबीच रेभ. शमूएल तामाङ्गको अध्यक्षतामा चयन भएको छ । त्यसैगरी समितिको उपाध्यक्षमा सूर्य बहादुर खड्का,सचिब कुबिमान राई, कोषाध्यक्ष बिशाल माङ्मुू रहेका छन् भने सदस्यहरुमा सचिन चौधरी,चन्द्रहाङ लिम्बू,गिता तामाङ, गोपाल श्रेष्ठ, बीर बहादुर तामाङ, दिलबहादुर तामाङ,रेभ हनोक राई, पा.तारा राई चयन भएका छन् भने इनिमा गहतराज कर्मचारीमा नियूक्त भएकी छिन् ।

यस कार्यशाला गोष्ठिमा पास्टर बिजय घतानीले क्रूसको फेदमा गीतका बोलबाट आफ्नो मधुर स्वर प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए । जसले खानापछिका आलस्यपनलाई स्फुर्तिलो पारिएका थिए ।

यस महान आज्ञा कार्यशाला गोष्ठिको निर्देशकको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन पास्टर कुबिरमान राईले गर्नुभएको थियो ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली