अवरुद्ध मेची राजमार्ग १२ दिनपछि सञ्चालनमा ।

सुरेन्द्र खरेल काजि✍️

पाँचथर,

१२ दिन देखि अवरुद्व रहेको हेवा खोलामा सडक डिभिजिन कार्यालय ईलाम, प्रहरी प्रसासन, नेपाली सेला स्थानिय सरकारको सकृयतामा डाईभर्सन निर्माण गरिएको छ।

अवरुद्ध मेचि राजमार्ग हेवा खोलामा ह्मुमपाईप राखेर ड्राईभर्सन गरेपछि बुधवार देखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा आएको छ। उता मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आईसकेको छ।
यो संगै अव मेचि राजमार्ग बिर्तामोड देखि ताप्लेजुङ सम्म यातायात संचालनमा आएको छ।

हेवाखोलामा यातायात संचालनमा आए संगै अब यात्रुहरुलाई धेरै सहज भएको छ, चाडवाडकै मुखमा राजमार्ग अवरुद्व हुदा ताप्लेजुङ, पाँचथरका त्रुहरुले धेरै कस्टकर यात्रा गर्न बाध्य भएका थिए ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट