तिम्बुङ पोखरि क्षेत्रमा पर्न थाल्यो हिउँ

पाँचथर, निलोपाटी सुरेन्द्र खरेल

तिम्बुङ पोखरी क्षेत्रमा यो सिजनको पहिलो हिउँ परेको छ। हिउँ परेपछि तिम्बुङ पोखरी क्षेत्रमा थप सौन्दर्य थपिएको छ।

सेतै टल्किएको हिउँमा घामको किरण पर्दाको दृश्य मनमोहक देख्न सकिन्छ। हिउँ परे पनि पर्यटकका लागि प्रशस्त सेवा-सुविधा भएकाले यस क्षेत्रमा अहिले पनि पर्यटक तथा दर्शनार्थीहरू पुगेर दर्शन गर्न र हिउँमा खेल्न सक्छन्।

यस क्षेत्रमा खुलेका सुविधा सम्पन्न होमस्टेले वर्षभर सेवा दिने जानकारी पर्यटन व्यवसायी अमिर राईले दिनुभएको छ।

हिउँमा रमाउन चाहनेहरूका लागि अहिले तिम्बुङ पोखरी राम्रो गन्तव्य बनेको छ। सफा मौसमसँगै यस क्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

हालसालै चिसो बढेपनि अहिलेको मौसम सफा भएको र दृश्य अवलोकनका लागि उपयुक्त भएकाले हिउँ र प्रकृतिसँग रमाउन चाहनेहरूका लागि यो उत्कृष्ट सिजन सुरु भएको छ।

तिम्बुङ पोखरि क्षेत्र।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट