इलाममा पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

इलाम : जिल्लाको रोङ गाउँपालिका–१ लक्ष्मीपुर सिरिसेस्थित भित्री सडकखण्डमा मे १ च ५९९९ नम्बरको पिकअपले ठक्कर दिँदा ६४ वर्षीया भीममाया राईको मृत्यु भएको हो । सिरिसेबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको पिकअपले घाँसको भारी बोकेर आउँदै गरेकी भीममायालाई शुक्रबार साँझ ६ः१० बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा साँझ ७ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले पिकअप र चालक सूर्योदय नगरपालिका–४ का २४ वर्षीय रोशन राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
  • Related Posts

    जेन–जी आन्दोलनपछि देशभर २५० जना पक्राउ, तीन प्रहरीको हत्या प्रकरणमा १२ पक्राउ

    काठमाडौं — भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेन–जी आन्दोलन’ पछि प्रहरीले हालसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। आन्दोलनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएपछि…

    पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण: वन ऐनको दफा दुरुपयोग गर्दै

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आइएमई समूहले पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माण अघि बढाएको छ। यस परियोजनाका लागि वन मन्त्रालयका सचिव रेवतीरमण पौडेलको सचिवस्तरीय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न