चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको करिब ३५ मिटर केबल काटेर चोरी गरिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मेचीनगर–६ का २३ वर्षीय संगम शेर्पा र मेचीनगर–१५ का २१ वर्षीय मणिराज राजवंशी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट करिब ३५ मिटर केबल, दुई थान ह्याक्सो ब्लेड र एक थान तार कटर बरामद गरेको जनाएको छ । घटनामा संलग्न दुवै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु