चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको करिब ३५ मिटर केबल काटेर चोरी गरिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मेचीनगर–६ का २३ वर्षीय संगम शेर्पा र मेचीनगर–१५ का २१ वर्षीय मणिराज राजवंशी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट करिब ३५ मिटर केबल, दुई थान ह्याक्सो ब्लेड र एक थान तार कटर बरामद गरेको जनाएको छ । घटनामा संलग्न दुवै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट