संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधामःआसोज ३, २०८१/संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरीबीच छिनाझपटी र झडप भएको छ । आजै बिहान तमलोपाका कार्यकर्ताहरुले स्थानीय भानुचोकमा कालो झण्डा गाडेर संविधान र मधेश आन्दोलनको क्रममा भएको दमनको बिरोध गरेका थिए ।

“असोज ३ को दिन जारी भएको संविधानको घोषणा मधेश आन्दोलनकारीहरुको रगत र लाशमाथि उभिएर दमनचक्र चलाउँदै गरिएको हो । त्यसकारण यो दिन हाम्रो निमित्त कालो दिन हो र रहिरहन्छ ।“ तमलोपाको नेता बिभा ठाकुरले बताए । कार्यक्रमको संयोजक इश्वर पणडितले “ मधेश र मधेशीको निमित्त यो कालो दिन नै हो । यस दिनलाई हामी सदैव कालो दिनकै रुपमा मानिरहने छौं र हामीमाथि भएको दमनको स्मरण गराइ रहने छौं ।“ भने ।

कार्यक्रममा तमलोपाका नेताहरु असगर अली, जोगी राय, रामजी राय, भोला झा, बिन्दु ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, सुभाष कर्ण, रमेश अधिकारी, भगिरथ लाल, जयनाथ नायक, नबीन सिंह, आदि नेताहरुका साथै दर्जनौं कार्यकर्ताहरुको सहभागिता थियो ।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न