धुलाबारीमा जैतुन छाँयाको सिजन ३ एपिसोड २ लाइभ कन्सर्ट

बिर बहादुर तामाङ, झापा । बिर्तामोड नगर ईसाई जवान संगतीको आयोजनामा गायक तथा पास्टर एड्रिन देवानसहित द सोजुनर्स ब्याण्डको प्रस्तुति जैतुन छाँया लाइभ कन्सर्ट (सिजन ३ एपिसोड २) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा आज असोज ३ गते बिहीबार आशिषत रुपमा सम्पन्न भएको हो ।

उक्त कन्सर्ट समाजका पूर्व अध्यक्ष एल्डर रमेश गुरुङको प्रार्थनाको साथ नेपाली राष्ट्रगान बजाएर शुरू भएको थियो।कन्सर्टमा झापा जिल्ला अध्यक्ष पा.अम्बरदीप आले मगर,पूर्व अध्यक्ष पास्टर तारा तामाङ, एल्डर रमेश गुरुङ, सचिव पा.राजु चाम्लिङ,बिर्तामोड ईसाई समाज अध्यक्ष पा.नरेन राई,पत्रकार होमराज राई,पास्टर बिर बहादुर तामाङ अतिथि रहेको कन्सर्टमा कोशी प्रदेशका जिल्ला झापा, मोरङ, इलाम र सुनसरी लगायत अन्य जिल्लाबाट १३०० भन्दा बढी युथहरुको उत्साहजनक सहभागी रहेको थियो ।

कन्सर्टमा सो ब्याण्डले ख्रीष्टिय भजन २५३ प्रभुजी अर्जी मेरो सुनिलेऊ लौ है चढाएँ, भन्ने भजनबाट आफ्नो सांगीतिक कोशेली प्रस्तुति पस्किदै आफ्नो चर्चित गीत अनुग्रहको इनार ख्रीष्टको मण्डली भन्ने गीत आफ्नो कन्सर्टमा पहिलो पटक गाएको ब्याण्डका प्रमुख भोकोलिस्ट पास्टर देवानले बताए ।

कन्सर्टमा सांगितिक गायनलाई प्रस्तुति सँगै बाइबलका वचन खण्ड र शिक्षालाई सन्तुलित रुपमा जोड दिँदै आज ख्रीष्टको मूल्य घटेर संसारको मूल्य बढेर गएको छ। यसकारण २ कोरिन्थी ३:१८ अनुसार आफ्नो बोलावाट थाहा गरी घुम्टो हटाएर ख्रीष्टको महिमा देख्नु पर्छ।लुका १०: अनुसार मरियम जस्तो प्रभुको वचन तृष्णा गर्नु,जवान शासक जस्तो येशूको पछि लाग्नु, फिलिपी ३:१२ अनुसार आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्नु वचनद्वारा उत्साह दिनु भयो।ब्यान्ड मेम्बर गीतकार प्रकाश तिम्सिनाको गीत “हामी हौ येशूको जाती नेपाली जाती हामी चुनिएका जाती हामी ख्रीष्टको रगतले किनिएका जाती जस्ता गीतले कन्सर्टका सहभागीलाई साङ्गीतिक मनोरञ्जन दिनुका साथ परमेश्वरको उपस्थिती आराधनाको महत्व प्रस्टएका थिए ।

आज ख्रीष्टको मूल्य घटेर संसारको मूल्य बढेर गाको छ। २ कोरिन्थी ३:१८ पदबाट आफ्नो बोलावाट थाहा गरी घुम्टो हटाएर ख्रीष्टको महिमा देख्नु पर्छ।

कन्सर्टमा सोही ब्याण्डका दर्शन तामाङले परमेश्वर वचनबाट आज जीवनको अर्थ नबुझेर व्यर्थमा फालिरहेका छ।भजनसंग्रह १०३:१४-१६ हाम्रो जीवनमा धूलो मात्र हो।घाँसको आयु जतिकै, मैदानको फूल जस्तो छ। हाम्रो जीवन अस्थिर छ। अनि अनिश्चित जीवन छ। आज जीवनको अर्थ नबुझेर व्यर्थमा फालिरहेका छ।आजै जीवनलाई बुझ्नु आवश्यक छ। किनकि यो परमेश्वरले दिनु भएको सुन्दर वरदान हो।यसैले भोलीको धाक लगाउनु व्यर्थ छ।तर परमेश्वरको लागि जिउनुका मज्जा धेरै आनन्द छ भनी कन्सर्टका सहभागी युवाहरुलाई परमेश्वरको बचनबाट उत्साह प्रदान गरिएको छ । कन्सर्टमा सहभागी भएर परमेश्वरको बचनबाट उत्साहित हुन पाउँदा युवाहरु खुसी छन् ।

बिर्तामोड ईसाई समाज र मेची नगर ईसाई समाजका अध्यक्ष राजु खड्काको बाहुलीबाट मायाको चिनो गायक देवानलाई प्रदान गरेका छन्।

कन्सर्टका एम.सी बिर्तामोड इसाई समाजका सल्लाहकार जोएल भुजेल गर्नु भएको थियो भने २०८० चैत्र महिना देखिको वार्तालाप, छालफल र प्रार्थनाको उत्तर आज कन्सर्ट आशिषमय र उत्साहजनक रुपमा समापन भएको आयोजक समिति अध्यक्ष गायस शेर्पाले बताउनु भयो ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली