विर्तामोडमा १ दिवसीय चेलापन तालिम सम्पन्न

बिर बहादुर तामाङ,झापा।झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा १ दिवसीय सुसमाचारीया चेलापन तालिम सम्पन्न भएको छ । आइतबार सम्पन्न डिएमएम मिशन नेपालद्वारा आयोजित तालिममा विर्तामोड इलाका ईसाई समाज तथा झापा जिल्ला भरिबाट करिब ८० जना पास्टर तथा अगुवाहरुको उपस्थिति रहेको थियो ।

सुसमाचारीया चेलापन तालिमको सहजकर्ताका रुपमा काठमाडौं होसन्ना मण्डलीका वरिष्ठ पास्टर राजु सुन्दास रहनु भएको थियो।उक्त तालिममा सुसमाचार के हो, सुसमाचार किन गर्ने ?भन्ने विषयको औचित्य प्रष्ट्याउनु भयो। सु समाचार समयमा पुग्यो भने मात्र असल खबर हुन्छ। सुसमाचार असल खबर हुनुको कारण परमेश्वरबाट आएको सन्देश हो।यसैले अब सबै जनाले सुसमाचार सुनाउनु आत्मा जित्नु,मेघा चर्चको अवधारण भन्दा  हाउस चर्चको विस्तार गरे भने सबै कुरा सहज हुने बताउनु भयो।

सहजकर्ता पास्टर तथा शिक्षक सुन्दासले भन्नुभयो मानिसको समय वा उनिहरुको व्यस्ततालाई मध्य नजर गर्दे सुसमाचार केबल ३ मिनेटमा सक्नु उचित रहेको सुझाउनु भयो ।पास्टर सुन्दासले भने अबका दिनमा हामी अन्य कुरामा भन्दा येशूको मिशन, भिजनमा सम्पूर्ण लाग्नुपर्ने बताए।

अब पास्टर अगुवाहरूले चर्चलाई आत्मिक रूपमा मात्र मजबुत बनाउनुका साथ आर्थिक र सामाजीक रूपमा अब्बल बनाउनुपर्ने बताएका छन् ।उक्त मिशनले नेपालमा गरीब निमुखा वर्गका मानिसलाई सहयोग गर्नुका साथै, खाँचोमा रहेका पास्टर, अगुवाहरुलाई विभित्र माध्यमबाट सहयोग गर्दे आएको छ । पछिल्लो समयमा समय सापेक्ष ख्रीष्टियन गित, डकुमेन्ट्री सामाजिक सञ्जालद्वारा प्रसारणमा ल्याई ख्रीष्टको असल सन्देश बाँड्दै आएको छ।

तालिमका सञ्चालन कोशी प्रदेशका संयोजक पास्टर हिमाल राईले गर्नुभएको थियो। तालिम आशिषमय र प्रेरणादायी भएको जानकारी सोही मिशनका आयोजक टिमका पास्टर मुक्ति राजवंशीले बताउनु भयो।

  • Related Posts

    चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

    झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…

    रमा हत्याकाण्डः शंका ब्वायफ्रेन्डमाथि ,कर्तुत भारतीय नागरिकको

    २३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ । घटना भएको ८ दिनपछि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो