गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोडमा

बिर बहादुर तामाङ, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा यही असोज ३ बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड आज बिर्तामोड आइपुगेका छन् ।

उक्त ब्याण्डलाई आयोजक बिर्तामोड नगर ईसाई जवान संगतीले खादा लगाइदिएर स्वागत गरेका थिए। सो अवसरमा नगर अध्यक्ष गायस शेर्पाले जैतून छायाँ टिमसँग चैत्र महिना देखिको वार्तालाप र प्रार्थनाको कारण हामीले धेरै अघि सुन्दै आएको ब्याण्डसँग सहकार्य गरी आयोजकका रूपमा काम गर्न पाउँदा खुशी व्यक्त गर्दै सबैलाई स्वागत गरेका छन ।

बिर्तामोड ईसाई समाजका अध्यक्ष नरेन राईले एड्रिन देवान तथा द सोजुनर्स ब्याण्डलाई झापामा कन्सर्टका लागि पाउँदा धेरै खुशी लागेको छ, यो कार्यक्रमले इतिहास कोर्ने विश्वास लिएको बताए ।

समाजका प्रमुख सल्लाहकार पास्टर जोएल भुजेलले कन्सर्ट आशिषमय र सफलताका लागि प्रार्थना उपवास समेत बसेको बताउनु भयो। केही समय अघि इभन रानालाई जवान माझ ल्याउँदा धेरै जवानहरूले संसारिक गीत गाउने र सुन्ने आदतबाट फर्किन मदत पुगेको छ भने यस ब्याण्डले झन अर्को प्रेरणा र जीवन रूपान्तरण गर्नेछ भन्ने आशा लिएका छन ।

स्वागत कार्यक्रममा ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा नेपालका विभिन्न सहरहरूमा बसोबास गर्ने साथै विश्वभरि नेपाली भाषा बोल्ने ईसाई समुदायमा, जोहरू कामले दबिएको, शहरको द्रुत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएका छन्, वहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा रहेको बताएका छन ।

आयोजकका समुहका अनुसार १२ सय टिकट बिक्री भइसकेको साथै आउट डोर टिकट १ सय बाँकी रहेको जानकारी गराएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु