राष्ट्रिय स्वतन्त्र पार्टी सिदिङ्वा गाउँपालिकाको पहिलो पालिका अधिवेशन सम्पन्न अध्यक्षामा कविराज लिम्बु चयन

ताप्लेजुङ

राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ले जिल्लाकै पहिलो पालिका अधिवेशन सम्पन्न गरेको छ।

जेष्ठ नागरिक होमनाथ बानियाँ ज्यूको अध्यक्षतामा पालिका स्तरीय खुल्ला भेलाका प्रमुख अतिथिका रूपमा मिङ्मा डेभिड शेर्पा ज्युको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सभापति ई.वीरेन्द्र श्रेष्ठ, सचिव लिलाराज पौडेल, कोषाध्यक्ष निर्मला खिम्दिङ लिम्बू (मिरा), इन्दिरा मेन्याङ्बो तथा जिल्लाका जेन्जी अगुवा गोपाल गुरागाईं लगायतको विशेष उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मिङ्मा डेभिड शेर्पा ज्यूले चुनावका बेला पार्टीले जनता समक्ष गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै लगिएको बताएका छन्। उहाँले जिल्लामा हुँदै आएका विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गर्नुहुँदै जनअपेक्षाअनुसार काम गर्न पार्टी प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए।

त्यसैगरी जिल्ला सभापति ई वीरेन्द्र श्रेष्ठ ज्युले सिदिङ्वा गाउँपालिकाको पालिका भवन निर्माणको विषयमा विवाद रहेको उल्लेख गर्दै सुरक्षित स्थान छनोट गरेर भवन निर्माण गर्न सुझाव दिएका छन्। हाल प्रस्ताव गरिएको स्थान पालिका भवन निर्माणका लागि उपयुक्त नभएको उहाँको भनाइ थियो।

अधिवेशनबाट कविराज लिम्बू सर्वसहमतले अध्यक्षमा चयन भएका छन भने समितिको उपाध्यक्षमा अमृता लिम्बू, सचिवमा प्रविन न्यौपाने, कोषाध्यक्षमा निर्मला तामाङ चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरूमा सागर पौडेल, जितमान तामाङ, डिक प्रसाद गौतम, विकेश तम्लिङ, ददिराम बानियाँ तथा हर्क बहादुर बुढाथोकी मनोनित भएका छन्। सहसचिव पद भने हाल रिक्त रहेको जनाइएको छ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो अधिवेशनले पालिका स्तरमा संगठन विस्तार तथा जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने विश्वास लिइएको आयोजकले जनाएको छ।

  • Related Posts

    रास्वपा ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनसँगै १५० भन्दा बढी युवा पार्टीमा प्रवेश

    राज याक्खा, ताप्लेजुङ्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ…

    झापा ४ मा घण्टीको फराकिलो अग्रता

    झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु