झापा ४ मा घण्टीको फराकिलो अग्रता

झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९ मतसहित फराकिलो अग्रतामा छन्। एमालेका एलपी साँवा लिम्बू ६ हजार ७२६ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउमान थेवे ४ हजार ४३७ मतसहित तेस्रो स्थानमा छन्।

अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीकी अमृता देवी राईले ५ हजार ४०९ मत पाएकी छन्। राप्रपाका भक्ति सिटौला, नेकपाका पुरुषोत्तम चुडाल, उज्यालो नेपालका सन्तोष तामाङ लगायतका उम्मेदवारले सयौं मत प्राप्त गरेका छन्।

कुल १ लाख ३० हजार ७१२ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार ४६६ मत खसेको थियो, जसमा २ हजार ५९२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। बाँकी मतगणना अझै जारी छ, त्यसैले अन्तिम नतिजा आउन बाँकी छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट